(क) ब्राम्हण जन्मिन्छ – भिक्षु कर्मले हुन्छ ।

(ख) ब्राम्हणको जात हुन्छ – भिक्षुको कुनै जात हुदैन ।

(ग) एक पटक ब्राम्हणको घरमा जन्मियो, जन्म भरिको लागी ब्राम्हण । फेरि कुनै पाप कुनै यस्तो अपराध छैन जसले ब्राम्हणलाई अब्राम्हण बनाउन सकोस—-ठिक यसको बिपरित एक पटक भिक्षु बन्दा यो आवस्यक छैन कि एक भिक्षु जन्म भरिको लागी भिक्षु नै रहिरहुन । एक भिक्षु “भिक्षु” बन्दछ, तर उसले कहिले कुनै यस्तो कर्म गरेको खण्डमा, तब भिक्षु रहि रहन सक्दैन ।

(घ) ब्रम्हण बन्नका लागी कुनै पनि प्रकारको मानसिक या नैतिक शिक्षण अनिवार्य छैन । भिक्षुको कुरा यो भन्दा सर्वथा प्रतिकुल छ । मानसिक तथा नैतिकता उसको जीवन प्राण हुन्छ ।

(ङ) एक ब्राम्हणले चाहे जतिको सम्पत्ती प्राप्त ( संग्रह ) गर्नसक्छ —–भिक्षुले सम्पत्ती संग्रह गर्न सक्दैन ।

(च) मनुष्यको मानसिक र स्वतन्त्रका बिचारको क्षेत्रमा पनि र कार्यको क्षेत्रमा पनि सम्पत्ती कडाभन्दा कडा प्रतिबन्धको काम गर्दछ । यसले दुई प्रवृत्तिमा संघर्ष उत्पन्न गर्छ । त्यसैले ब्राम्हण सधै परिवर्तनको बिरोधि हुन्छ, किनकी उसका लागी परिवर्तनको मतलब —शक्तिको हानी, धनको हानी हो ।

(छ) सम्पत्ती बिहिन भिक्षु मानसिक र नैतिक रूपमा स्वतन्त्र हुन्छ । कुनै त्यस्तो ब्याक्तीगत स्वार्थ हुदैन, जुन उसको इमानदारी र सच्चाइमा बाधक बन्न सकोस ।

(ज) भिक्षु संघको अधीनमा हुन्छ, तर ब्राम्हण सिर्फ भौतिक स्वार्थले आपसमा जोडिएको हुन्छ ।

भावनुबाद:- सुर्य घिसिङ

{ यो लेख Dr. B. R. Ambedkar द्वारा कृत ग्रन्थ “बुद्ध र उनका धम्म” बाट लिइएको हो ।}

स्रोत:- भारतीय बौद्ध क्रान्ति-Buddhist Revolution in India.

Comments

comments