(काभ्रे जिल्लामा जन्मेका च्याङ्बा लामाले कर्म भूमिको रुपमा इराकलाई चुनेका छन् । नेपालले इराकमा बैदेशिक रोजगारको लागि प्रतिबन्ध लगाएपनि नेपाली श्रमिकहरुको रोजाई बनेको इराक । काभ्रे जिल्ला नमोबुद्व नगरपालिका वडा नं. ५ ल्हास्कोट निवासी लामा इराकको कुर्दिस्तान स्थित एर्बिल भन्ने स्थानमा कार्यरत छन् । उनी नेपाल तामाङ घेदुङ, कुर्दिस्तान इराकका अध्यक्ष समेत हुन् । सामाजिक कार्यमा लाग्दै आएका लामासँग घेदुङ र नेपाली श्रमिकहरुको अवस्थाकोसाँग सम्बन्धित रहेर इराक प्रतिनिधि सुनिता दोङ तामाङले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक)
० नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको इतिहास अलिकति बताउनु होस् न ?
–नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक २०१८ मार्च ९ तारिखका दिन कुर्दिस्तान शहरको अर्बिलको अनिशा नेपाली रेस्टुरेन्टमा वैदेशिक रोजगारीको शिलशिलामा यहाँ आएका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुको एक भेलाबाट स्थापना भएको हो । आफ्नो जातीय, पहिचान, धर्म एवम् संस्कृति संरक्षणको लागि हामीले गठन गरेका हौं ।
० नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक अचेल के गर्दै??
–नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक नेपाली तामाङ दाजुभाइ तथा दिदिबहिनी हरुलाई आफ्नो, धर्म, रितिरिवाज, भेषभुषा र भाषाको बारेमा समय मिलाएर बेलबेलामा प्रशिक्षण दिने एवम् नयाँ सदस्य बनाउने कार्यमा ब्यास्त भएको कुरा यहाँहरुमा जानकारी गराउन चाहान्छु ।
० बिदेशी भुमिमा रहेर पनि संस्था चलाइ रहनु भको छ सजिलो कतिको छ?
–हामी बिदेशी भुमिमा कामको शिलशिलाको लागि आएका हौं । तै पनि फुर्सदको बेलामा आफ्नो जातीय संस्थालाई बिदेशी भुमिमा पनि स्थापना गरौं भन्ने हेतुले स्थापना ग¥यौं । यो संस्था हामी सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु एकजुट भइ खोलेको संस्था हो । आफ्नै देशमा जस्तो सजिलो त कहाँ हुन्छ र ? त्यसैले गाह्रो नै छ बिदेशमा संस्था चलाउन । किनभने समयको ख्याल गरि अघि बढ्नु पर्ने हुँदा धेरै भन्दा धेरै समय मिलाउन नसकेको कारणले गर्दा पनि त्यति सजिलो हुदैनन् गाह्रो नै हुन्छ।
० अहिले सम्म नेपाल तामाङ घेदुङ कुर्दिस्तानले के के गरेको छ?
–नेपाल तामाङ घेदुङ इराकले स्थापना भएको एक बर्ष भित्र दुई पटक नेपालीहरुको अस्थाको भगवान बुद्धको जन्म–जयन्ती भब्य रुपमा मनाउन सफल भएका छौं । त्यसैगरि २८५५ औं सोनाम ल्होछार नेपालबाट वरिष्ठ गायिका शशिकला मोक्तान तथा चर्चित गायक गोन्पो शेर्पालाई निमन्त्रणा गरि सो ल्होछार संस्कृतिक कार्यक्रम सफल बनाएका छौं । वैदेशिक रोजगारीको शिलशिलामा इराकमा रहेका नोपलीहरुले झेलेको समस्यालाई मध्यनजर गरी घेदुङ सदस्यहरुबाट रकम संकलन गरि सहयोग गर्दै आएका छौं । त्यति मात्र होइन, नेपालमा विभिन्न समस्यामा परेकाहरुलाई समेत आािर्थक सहयोग गर्दै आएका छौं ।
० संघीय समितीसँग सहकार्य गर्न कतिको सजिलो छ?
–संघीय घेदुङसँग हाम्रो त्यति कुरा नभएको हुँदा हामीले उहाँहरु सँग त्यति सहकार्य गर्ने मौका पाएको छैन । किन भने उहाँहरु आफ्नै ब्यस्त र हामी परदेशमा काममा ब्यस्त भएकोले समय मिलाउन नसकेको कारणले गर्दा पनि त्यती सहकार्य हुन सकेको छैन । तैपनि संस्थागत कार्यहरुमा सल्लाह सुझाब लिएरै काम अघि बढाउँछौं ।
० इराकमा कार्यरत रहेका तामाङ श्रामिकहरुको अबस्थामा कस्तो छ?
–इराकमा भएका श्रामिकहरुको अबस्था सबै ठिकै छौ भन्नू पा¥यो किनभने नेपाल सरकारले प्रतिबन्ध गरेको देश इराक भए नि अरु गल्फ देशमा भन्दा यहाँ हामी श्रामिकहरुलाई राम्रै छ । त्यसैले सबैको समस्या सामान्य अबस्थामा नै रहेको छ ।
० संस्थामा समस्याहरु लिएर आउनेको संख्या कतिको छ ?
–हाम्रो घेदुङ संस्थामा विभिन्न समस्या लिएर सहयोगको लागि आउने श्रमिकहरु धेरुे हुन्छ । तर हामीले विवरण राखेका छैनौं । सहयोगको अपिल गर्न आउनु हुन्छ त्यसमा हामिले सकेको सक्दो सहयोग पनि गरिरहेको छौं ।
० समस्य समाधानका लागि घेदुङले के कस्तो पहलहरु गरिरहेको छ ?
–नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले समस्यको पहिचान गरि आर्थिक एवम् भौतिक सहयोग गर्ने गरेको छ।
० सरकारले इराकमा कार्यरत श्रामिकहरुलाई के गरे हुन्थ्यो जस्तो लाग्छ?
–नेपाल सरकारले इराकमा श्राम गरिरहेको श्रामिकहरुलाई यहाँ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउन सजिलोका लागि राजदुतावास राखेको भए हुन्थ्यो जस्तो लाग्छ मलाई । किनभने यहाँ राजदुतावास भयो भने हामी श्रमिकहरुलाई जस्तोसुकै समस्या आएमा समस्या समाधान गर्ने ठाँउ हुने हुँदा हामी सबै नेपालीहरुको दुःखमा साथ पाउछन् । अनि रोजगारको लागि बैधानिकता दिनुपर्छ सरकारले ।
यहाँ नेपाल सरकारले देखेको र सुनेको जस्तो नभएर अरु गल्फ देशमा भन्दा धेरै राम्रो छ । त्यसैले राजदुतावास राख्न नमिल्ने भए इराकमा आउने नयाँलाई आउन नदिए पनि हामी पुरानोलाई छुट्टिमा आउँदा भिषा कर्ट लिएर आउने सबैलाई नेपाल एअरपोर्टबाट नै आउने बाताबरण मिलाई दिनुहुन हार्दिक अनुरोध गर्दछु।
० इराकमा कर्मक्षेत्र बनाउदै गरेका र बनाउन चाहने श्रमिकहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?
–इराकलाई कर्मक्षेत्र बनाएर बस्नु हुने सम्पुर्ण नेपालीहरुलाई के भन्न चाहान्छु भने आफुले गरिरहेको कामलाई इमानदारिताका साथ गर्ने र आफुलाई घरमा काम गर्ने एवम् कम्पनीमा काम गर्ने सबैले आफ्नो भिषा कर्ट बनाएको छ कि छैन यदि बनाएको छैन भने कम्पनीमा खबर गरेर आफ्नो भिषा कर्ट बनाउन लगाउने र आफू काम गर्ने ठाउँ भन्दा बाहिर अथवा भ्रमणमा जाने बेला आफ्नो साथमा भिषा कर्ट लिएर मात्र बहिर निस्किन अनुरोध गर्दछु ।
० भन्नै पर्ने कुरा छुटेको छ भने भन्नुहोस् न ?
–हामीलाई भन्नू पर्ने र गर्नु पर्ने धेरै छ्न तर हामी इराकमा श्राम गर्ने श्रमिकहरुलाई मैले माथिको ९ र १० म भनेको जस्तो नेपाल सरकारले गरेको खण्डमा हामी सबै कार्यरत नेपालीहरु खुशी हुन्थे किनभने छुट्टिमा गएर सजिलो संग फर्किनु पाउँथे । हामी कम्पनीले दिएको छुट्टिमा आफ्नो परिवारलाई भेट्न पाउने र हामी सबै आफ्नो चाडपर्वमा नेपाल गएर रमाइलो गर्न पाउथे । के गर्नु हामी नेपाल जान कम्पनीले छुट्टी दिए पनि फर्किने नसक्ने अवस्थामा पुग्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























