काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ।
बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले दरबारमार्गको शेर्पामलबाट पक्राउ गरेको प्रवक्ता प्रदीप कोइरालाले बताए।
जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीको समस्या समाधान गरिदिन उनले घुस मागेका थिए। उनले किन घुसमागेका थिए भन्ने विस्तृत अझसम्म थाहा हुन सकेको छैन। तर उनलाई ६ लाख पचहत्तर हजार घुस सहित पक्राउ गरिएको छ’ उनले भने। अख्तियारले उनलाई आफ्नो हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























