(कान्छामान जिम्बा (रोहित) महाभारत गाउँपालका वडा नं. १ को वडा अध्यक्ष हुन् । १० वर्षे जनयुद्ध सक्रिय सहभागी भएको जिम्बा, बुबा अम्बर सिं र आमा जमुना मायाको कोषबाट जम्मेका थिए । सात दाजुभाई मध्येको ठाइलो जिम्बाको दुई दिदी बहिन छिन् । उनको श्रीमति, १ छोरा र २ छोरी छन् ।
तत्काली नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा जिम्बाले हरेक जिम्मेवारी सम्हालेका थिए । कहिले जनमुक्ति सेना, कहिले संगठक त कहिले जनकलाकार बनेर आफ्ने भूमिका निर्वाह गरेका जिम्बा गएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
विद्यार्थी जीवन देखि नै राजनीति प्रति चासो राख्ने जिम्बा २०५७ साल देखि नेकपा (माओवादी) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा संगठित भई २०५९ साल देखि भूमिगत भई पूर्णकालीन भएका थिए । अखिलको जिल्ला उपाध्यक्षसम्मको जिम्मेवार बहन गरेपछि पार्टी जिम्मेवारीको रुपमा काम गर्ने क्रममा एरिया सेक्रेटरी हुँदै एरिया इन्चार्ज र जिल्ला सचिवालय सदस्यसम्मको जिम्मेवारी बहन गरेका थिए ।)
० निर्वाचनमा जनतासँग के–के प्रतिबद्धता जाहेर गर्नुभएको थियो ?
–स्वभागिक रुपमा जनताको लागि जस्तोसुकै कठिनभन्दा कठिन परिस्थितिका सामना गर्ने मान्छेले आफू जनप्रतिनिधको लागि चुनाबी मैदानमा होम्दै गर्दा धेरै प्रतिबद्धता जाहेर गरें । निर्वाचित भएपछि मैले जाहेर गरेको प्रतिबद्धताहरुको विवरण संकलन गरें ।
तर मुख्यतः मेरो ध्यान प्रमुख समस्यालाई नै सबैभन्दा पहिला समाधान गर्ने र अरु क्रमशः समस्या समाधन गर्ने हिसाबले मैले वडाको सबै टोल–टोलमा मोटरबाटो पु¥याइदिने, विद्युतको केन्द्रीय लाईनको विस्तारको लागि पहल गर्ने, स्वच्छ खानेपानीको व्यवस्थापनको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेको थिएँ ।
० पूरा भयो त त्यो बाचा ?
–मैले चुनाबमा प्रतिबद्धता गरेको मध्य टोल–छोलमा सडक पु¥याउने कुरा सम्भावत वडा भरिको एक दुई टोल बाहेक अरु सबै टोलमा मोटरबाटो पुगिसकेको छ । बाँकी टोलमा पनि मेरो कार्यकाल भित्रै बाटो पु¥याउँछु । केन्द्रीय लाईनको कुराको सन्दर्भमा लगभग १ अर्बको ठेक्का भइसकेको छ । केन्द्रिय लाइनको काम अब हिउँद लाग्ने वित्तिकै शुरु पनि हुन्छ । छुमन्तरमा विकास र समृद्धि हुने होइन, त्यस माथि हाम्रो यो क्षेत्रलाई कर्णलीको रुपमा चित्रित गर्ने गरिन्छ । त्यसैले क्रमशः बजेटले धानेसम्मको, जनताको अपेक्ष अनुरुप नै अगाडि बढ्ने छु ।
० कहिले हुन्छ त ?
–मैले चुनावमा प्रबिद्धता गरेको बाँकी कामहरु मेरो आफ्नै कार्यकाल भित्र पूरा गर्ने छु । म आम जनताको सहयोग पाएको मान्छे, जनताले भरोसा गरेको मान्छे, विश्वास गरेको मान्छे, जनताको अपेक्षा, विस्वासलाई शिरमा राखेर अगाडि बढ्छु । मैले जनाएको प्रतिबद्धता जसरी पनि म पूरा गरेरै छाड्छु । पूरा गर्न नसकेको खण्डमा कारण सहित फेरि जनताको दैलोमा जान्छु । स्पष्ट भन्छु जनतालाई । अनि क्षमा माग्छु ।
० वडाध्यक्ष भएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुभयो ?
–म वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडि हाम्रो वडामा एउटा मात्र बाटो थियो । जुनबाटो विश्व खाद्य संस्थाबाट खनेको खोला भञ्ज्याङ–ट्वार्के मोटरबाटो । अहिले हेर्नुहोस तपाई वडाका सबै टोल–टोलमा करिब करिब मोटरबोटको संजालले जोडि सकेको भने पनि हुन्छ । केन्द्रिय लाइन प्रसारण ठेक्का नै भइसकेको छ । खानेपानीको लागि पनि पहलहरु भइ नै रहेका छ । शिक्षामा गुणस्तर ल्याउने कुरामा सरोकारवालाहरुसँग छलफल भइ नै रहेको छ । त्यसैले म निर्वाचित भएपछि जनताले परिवर्तनको महासुस त पक्कै पनि गर्नु भएको छ भन्ने लाग्छ ।
० जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
–जनप्रतिनिधि भएर काम गर्न धेरै गा¥हो महासुस भयो मलाई कनिकी सबैको चित्त र मन बुझाएर काम गर्न प¥यो नि । अर्को कुरा सजिलो पनि छ हामी हिजो जनताको मै जन्मे, हुर्के । अनि जनताले बनाएको, जनताको संरक्षणमा हुर्केको मान्छेको लागि काम गर्न सजिलो पनि छ । तर बजेटको सिमा, योजनाको डंगुर अनि काम गर्न गाह्रो भइरहेको छ ।
० विकास निर्माणमा जनताको सहभागिता कस्तो छ ?
–मेरो वडाको हकमा विकास निर्माणको काममा जनसहभागीता सन्तोष जनक नै रहेको छ । जनताले अनुगमन पनि गर्छ, जनताले गुनासो, सल्लाह, सुझाव र सहयोग पनि गर्छ । हामी जनताका लागि भएपछि जनताले वडाले गरेको हरेक काममा सहयोग नगर्ने कुरै रहेन ।
० यहाँको वडाको मुख्य समस्या के रहेको छ ?
–हाम्रो वडाको मुख्य समस्या भनेको विद्युत, सडक र खानेपानी नै हो । यसमा करिब विद्युत र सडक क्षेत्रमा निक्कै फड्को मारिसकेको भन्दा नि हुन्छ । अब रह्यो खानेपानी जटिल नै समस्याको रुपमा रहेको छ । किनकी हाम्रो आफ्नै वडा भित्र वडा भरिको जनतालाई उपयोगमा ल्याउने पानीको मुहन नै छैन । त्यसैले अरु वडासँग हार गुहार गर्नुपर्ने बाध्याता छ । तैपनि यो समस्या समाधानको लागि निरन्तर लागिरहेको तपाईको मिडिया मार्फत सबैमा जानकारी गराउन चाहन्छु ।
० तपाईको वडामा २०७२ सालको भूकम्पबाट पिडित भएकाहरुको अवस्था कस्तो रहेको छ ?
–२०७२ सालको भुकम्पबाट पिडित भएकोहरुको सन्दर्भमा लाभग्राहीमा नाम निस्केका भूकम्प पिडितहरुको घर निर्माण गर्ने प्रक्रृया ८५ प्रतिशत सम्पन्न भइसकेको छ । एउटा समस्या चाहिं के रहेको छ भने पटक पटक गुनासो दर्ता गर्नेहरुको भूकम्प लाभग्राहीमा नाम ननिस्केको हुँदा उहाँहरुको गुनासो धेरै छ । यसमा म आफैं पनि सन्तुष्टी छैन । समस्या समाधानको लागि सम्बन्धित निकायको ध्यान जाओस भनि आग्रह गर्न चाहन्छु ।
० वडामा गरिब, बेरोजगार र सीमान्तकृत वर्ग पनि छन्, उनीहरुको जीवनस्तरमा कसरी सुधार ल्याउनुहुन्छ ?
–हो तपाईंले भन्नु भएको कुरो सही हो, हाम्रो वडामा व्याप्त गरिबी, बेरोजगार र सिमान्तकृत वर्ग पनि रहेका छन् । यस्ता समस्यालाई समाधान गर्न मुख्य त संघीय र प्रदेश सरकारकै नीतिमा भरपर्छ । त्यही निकायबाट नै राम्रो नीति बनेर आउन आबश्यक छ किनकी यो कुनै वडा विशेषको समस्या नभै राष्ट्रिय समस्या हो । तर म आफ्ना वडाको सवालमा यस्ता समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने कुरा गम्भिर हिसाबले सोचिरहेको छु ।
० तपाईंको कार्यकाल भित्रमा वडालाई कस्तो बनाउने सपना देख्नु भएको छ ?
–देश भरिकै नमुना वडा बनाउने प्रयत्नमा छु । तर म मेरो पहिलो कार्यकाल भएकोले गाउँपालिकाको भौतिक संरचना निर्माण गर्ने देखि लिएर गाउँपालिकामा विभिन्न नीति निर्माण र अन्य कार्य मै समय खर्चिदो रहेछ । सबैभन्दा पहिला म संस्थागत शुसासनमा जोड दिन्छु ।
जनताको आधारभूत समस्यासम्म पुग्ने प्रयत्न हुन्छ । त्यसको लागि पनि केही पूर्वाधार विकासमा सबैभन्दा बढी ध्यान जान्छ । त्यसपछि शिक्षा, स्वास्थ्य, रोजगारमा ध्यान दिन्छु । खानेपानीमा नमुना, शिक्षामा नमुना, भौतिक पूर्वाधारमा नमुना, जनताको आयअर्जनमा नमुना ल्याउने मेरो योजना छ । यो पहिलो कार्यकाल भित्र धेरै क्षेत्रमा सुधार ल्याउने कोशिस भइरहेको जानकारी गराउन चाहन्छु ।
० अन्तमा वडाबासीलाई के भन्ना चाहनुहुन्छ ?
–अन्तमा वडाबासीहरुलाई तपाईका. मिडिया मार्फत के भन्न चाहन्छु भने विकास, परिवर्तन र समृद्धि भनेको कुरा एकदुई जनाले चाहँदैमा सम्भावना हुँदैन । सबैको एकता, सहकार्य आबश्यकता रहन्छ । त्यसैले यस महाभारत गाउँपालिका वडा नं. १ का हरेक क्षेत्रमा सुधार गरी अगाडि बढाउन रचनात्मक सुझाव र सल्लाहको अपेक्ष गर्न चाहन्छु ।

Comments

comments