सुनिता दोङ तामाङ
इराक । नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगेपनि नेपाली सँस्कृतिलाई विर्सन कहाँ सक्दो रहेछ र ? वैदेशिक रोजगारको सिलसिलामा इराकमा पुगेका नेपालीहरुले हिन्दुहरुको महान पर्व वडा दशैंको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम कुर्दिस्थान प्रवासी नेपाली समाज सुलेमानीले आयोजना गरिएको हो ।
प्रबासमा रहेर पनि आफ्नो भषा, धर्म र कला संस्कृतिको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष कमल वाईबाले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष वाइबाले बताए ।
यसैगरि कार्यक्रममा प्रवेश हुनका लागि टिकटको पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक निमा शेर्पाले जानकारी दिए । ‘हजुरहरूको अमुल्य समयको कदर गर्दै , हजुर हरूले टिकटमा तिर्नु भएको पैसा हाम्रो संस्थगत फाइदा हुन को लागि गरेको हैन ।’ शेर्पाभने, ‘कुनै पनि ब्यक्तिको स्वार्थको लागि पनि होइन, साँस्कृतिक कार्यक्रममा जतिपनि रकम संकलन हुन्छ त्यो रकम ाई हामीले बिगतको बर्ष देखि नै सामाजिक कार्यमा सदुपयोग गर्नेछौं ।’ आगामी दिनहरूमा पनि आफूहरुले अझै सशक्त भएर समाजिक कार्यमा सदुपयोग हुने गरि अघि बढ्ने शेर्पाले जानकारी दिए ।
कार्यक्रम आगामी अक्टुबर ११ तारिकका दिन हुँदैछ ।

यो पनि पढ्नुहोस्ः

इराकमा रहेका नेपालीले यसरी मनाउने भयो दशैं

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।