(रोशी–१२ काभ्रे निवासी बिलाम मुक्तान आदिवासी जनजाति नेताको रुपमा स्थापित छन् । साथै नेपाली काँग्रेस पार्टीका युवा नेता समेत हुन् । उनी आदिवासी जनजाति युवा महासंघ ३ नम्बर प्रदेशको अध्यक्ष तथा नेपाल तामाङ युवा घेदुङको केन्द्रीय बरिस्ठ उप–सभापति समेत हुन् । तेमाल अनलाईनका सम्वाददाता अशोक बुद्ध लामाले मुक्तानसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।)
० आदिवासी जनजाति महासंघ कस्तो प्रकारको संस्था हो ?
आदिवासी जनजाति महासंघ कस्तो प्रकारको संस्था भन्ने सवलमा तपाईंको जो संग आफ्नो पुख्र्यौली भूमी तथा प्राकृतिक श्रोत साधनसँग नजिक सम्बन्ध भएको आफुलाई भिन्न समुदाय हो भनी दावा गर्ने र अरुले पनि सोको समर्थन गर्ने राष्ट्रिय समुदायको भन्दा भिन्न भाषा साँस्कृतिक रितिरिवाज भएका आफ्नो परम्परागत समाजिक एवं संगठन भएको समुदायहरुको संस्था नै आदिवासी जनजाति महासंघ हो ।
० ३ नम्बर प्रदेशमा आदिवासी जनाजातिको अबस्था कस्तो छ ?
३ नम्बर प्रदेशको आदिवासी जनजातिको अवस्था सरकारले वास्ता नगरे पनि अदिवासीहरुले सँस्कार सँस्कृति, भाषा, भेष जोगाइरहेका छन् । ३ नम्बर प्रदेश मात्रै होइन, नेपाल कै मौलिकतालाई बुझ्ने संसारकै आदिवासी जनजातिहरु आफू आदिवासी जनजाति हुँ भन्नेमा गौरव गर्दछन् । नेपाल सरकारको एकल शिक्षा नीति भएकाले पनि आदिवासी जनजातिहरु पछाडी परेको अवस्था हो । तै पनि हामी आदिवासी जनजातिहरु आफनै परम्परागत भाषा, संस्कृतिलाई जोगाउन तत्पर छौ र नेपाल आदिवासी जनजाती महासंघ ३ नम्बर प्रदेश नेवा तम्सालिङ प्रदेश नामकरण गर्नुपर्ने माग गर्दै महासंघको तर्फबाट विभिन्न आन्दोलन जारी छ ।
० के निजामती कर्मचारी नियुक्तिमा सरकारले दिएको आरक्षण ठिक छ ?
तपाईं ठिक बेठीक प्रश्न राख्दै कुरा गर्नु हुन्छ, संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित भएको लोकसेवा आयोगको असमावेशी विज्ञापनको विरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित राजनीतिक दलहरू, दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चाहरूको तर्फबाट आरक्षण प्राप्तिको आन्दोलनमा नस्लिय दुई तिहाई भएको सरकारले गिरफ्तार गरेको अबस्थाहरु तपाईहरु माझ जगजाहेर नै छ ।
० देशको नेतृत्व तहमा आदिवासी जनजातिको पहुँच पु¥याउन के गर्नुपर्ला ?
सबैभन्दा पहिला त पढ्नु प¥यो, त्यस पछिको पाटो भनेको आर्थिक हुन् । सँगसँगै विभिन्न राजनीतिक चेतना हुनुपर्छ किनकि हरेक राजनीति परिवर्तन २००७ साल देखि यता आदिवासी जनजातिको उपस्थितिले परिवर्तन गरिएको छन् तर आज नेतृत्व तहमा नहुनु नपुग्नु हाम्रो कमजोरी शिक्षाको पनि महत्वपूर्ण भुमिका हुन् ।
० के आदिवासी जनजाति महासंघलाई आदिवासी जनाजातिको संरक्षक संस्था हो ?
बिलकुलै हुन किनभने, नेपालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट २०५८ सालमा उल्लेख भए अनुसार ‘आदिवासी जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको ५९ जाति वा समुदायलाई अनुसूचीमा उल्लेख भएका आदिवासी जनजातिको छाता संगठन नै महासंघ हुन ।
० यो संस्थाले आदिवासी जनजातिको क्षेत्रमा के कस्ता कार्यक्रमहरु गर्दै आएका छन् ?.
हाम्रो आन्दोलन जारी छ । आदिवासी जनजातिहरुले आफ्नो हक–अधिकार, समान अवसर तथा मुक्ति प्राप्तिका लागि धेरै अघिदेखि संघर्ष गर्दै आएका छन् । यो संघर्षको सिलसिला इतिहासदेखि वर्तमानसम्म कायम छ । विगत देखिकै कुरा गर्ने हो भने पनि आदिवासी जनजातिहरुले विभिन्न संघर्ष समिति तथा मोर्चाहरु निर्माण गरी संगठित एवं एकताबद्ध भई संयुक्त रुपमा संघर्ष सञ्चालन गर्दै आएका छन् र राज्यले पनि थुप्रै सहमति एवं सम्झौताहरु गरेको छ । तर ती कुनै पनि व्यवहारमा लागू भएका छैनन् । राज्यले धोका दिएको छ र षडयन्त्र एवं गद्दारी गरेको छ ।
राज्यका सोच, धारणा, नीति एवं व्यवहारहरु झनझन कठोर तथा एकात्मकतावादी बन्दै गएका छन् । यस्तो प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दा सम्पूर्ण आदिवासी जनजातिहरुले एकताबद्ध भई सशक्त आन्दोलन नगरेसम्म जातीय एकाधिकारवादी, प्रतिगामी, यथास्थितिवादी तथा दुई तिहाइ सरकारले टेरपुच्छर लगाउने देखिन्न । त्यसैले हामी आन्दोलनमै छौ ।
० संस्थाको भावि योजना के छ ?
हाम्रो नेपाल आदिवासी जनजाती बृहत राष्ट्रिय राजनीतिकमा सफल बनाउन सहयोग पु¥याउने सम्पुर्ण आदिवासी जनजाती प्रतिनिधि मुलक संगठनहरुलाई राजनितीक क्षेत्रमा कृयाशिल संगठनहरु लगायत विभिन्न जातीय संघ संगठन सबैमा सहयोग पु¥याउने योजनाहरु छन् ।
० अन्तमा……..?
अब आदिवासी जनजातीहरुलाई फुटाउ र सासन गर, भन्ने षड्यन्त्रकारी साथीहरू देखि होशियार हुनुपर्छ । पहिचान र अधिकार प्राप्तिका लागि संघर्षरत सम्पुर्ण नेपाली एक भएर संघर्ष नेपालको लागि गर्नुपर्छ । जय आदिवासी जय जनजाती ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।