(सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नं. ५ अन्थाली निवासी मानबहादुर शेर्पा (ठूलोकान्छा शेर्पा) वैदेशिक रोजगारको सिलसिलामा इराकमा पुगेका छन् । विदेशमा रहेता पनि सामाजिक संघ–संस्थामा आबद्ध समाजसेवी शेर्पा कुर्दिस्तान प्रवासी नेपाली समाजका कोषाध्यक्ष र हिमालयन शेर्पा युनिक ग्रुपका अध्यक्ष हुन् ।
शेर्पासँग तेमाल अनलाइनकी इराक प्रतिनिधि सुनिता दोङ तामाङले इराकमा नेपालीहरुको अवस्था, समस्या र समाधान तथा संघ–संस्थाको विषयमा छोटो कुराकानी गरेकी थिइन् । यीनै कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौं ।)
० इराक जस्तो देशमा आउनु भएको छ, कस्तो सपना देखेर आउनुभयो ?
–इराकमा आउनुको सपना त त्यहि हो धन कमाउन । नेपालमै रोजगारको व्यवस्था नभएपछि यहाँ आउनुको विकल्प छैन । जीवन चलाउन त श्रम गर्नुप¥यो नि । त्यसैले इराकमा आएको हुँ ।
० इराकमा आउनुभएको कति वर्ष भयो ? इराक बसाईको अनुभव बताई दिनुहोस् न ।
–म इराक कुर्दिस्तान आएको पाँच वर्ष पुरा भयो । अनुभवको कुरा गर्दा म पहिला कतारमा २७ महिना बसेको थियो । त्यहाँको तुलनामा इराक धेरै राम्रो छ । यहाँको मान्छेहरूको मन धेरै राम्रो छ । विदेशीलाई पेल्दैन, हेप्दैन त्यसैले त पाँच वर्षसम्म यहीं छु ।
० इराकमा नेपालीहरुले झेल्नुपर्ने समस्याहरु चाहिं के–के छन् ?
–इराकमा नेपालीले झेल्नुपर्ने समस्या भनेको मेन कुरा यहाँ राजदूतावास छैन । यसकारण समस्यामा पर्ने गर्छ । छुट्टीमा नेपाल गएर अउँछु भनेर गए पनि अउनु सकिन्दैन । काम राम्रो हुँदा हुँदै पनि अउनु सकिँदैन कि दलाललाई मोटो रकम तिरेर तेस्रो मुलुक हँुदै अउनु पर्ने हुन्छ ।
० विदेशमा आएर पनि समाजसेवामा समर्पित हुनुहुन्छ, कस्तो–कस्तो समस्यामा तपाईं र तपाईंको संस्थाले सहयोग गर्दै आएको छ ?
–यहाँ कति जनाको पासपोर्ट हराइएको हुन्छ, कतिको कामको सिलसिलामा मृत्यु नै भको छ, कतिपय बिचल्ली हुन्छन् । त्यस्तो समस्याहरुलाई यहाँको संघ संस्थाहरु मिलेर समाधान गर्ने गरेको छ ।
० विदेशमा आएर पनि समाजसेवामा लाग्न कतिको सजिलो छ ?
–समजसेवा गर्नु कहाँ सजिलो हुन्छ र ? अफ्नो काम हुन्छ पहिलो प्राथमिकता कामलाई दिनु परेको छ । बचेको थोरै समयमा समजसेवा गर्ने हो ।
० हालसम्म इराकमा बसेर तपाईंले के कस्तो सहयोगहरु गर्नुभएको छ ?
मैले तीन ओटा अभियान चलाइयो इराकमा बसेर । तीन ओटा नै अभियान सफल भयो । इराकमा कर्मगरि बस्नुहुने दिदि बहिनी तथा दाजुभाइहरूको सहयोगमा अस्ति भर्खर मात्र मिर्गौला पिडित नोर्पु तामाङलाई ४ लाख ७५ हजार रुपयाँ हस्तान्तारण गरियो ।
० इराकमा रहेका नेपाली र इराक आउन चाहने नेपालीहरुलाई के भन्ना चाहनुहुन्छ ?
–अउन चाहनेहरुलाई के भन्नु खै काम राम्रो नै हुन्छ तर नेपालबाट सजिलै अउन सकिँदैन । मोटो रकम दलालीलाई तिरेर अउ्नुपर्छ त्यसकारण इराकमा नआए हुन्छ भन्छु ।
० छुटेको केही कुरा छ भने भन्नुहोस् न ।
–अन्त्यमा के भन्छु भने यहि अउदो २८–२–२०२० फोब्रअरी शुक्रबार हिमालयन शेर्पा युनिक ग्रुपको दोस्रो प्रस्तुति ग्याल्पो लोसार सुलेमानि इराक कुर्दोनिया हलमा गायक तेम्बो लामा र गायक तथा मोडल दुर्गेस थापा अउँदै हुनुहुन्छ । लोसार कार्यक्रममा नेपालबाट इराक कुर्दिस्तान आस पासमा छरिएर बस्नुहुने तपाईहरुलाई चुले निम्दो दिन चाहन्छु । धन्यवाद

Comments

comments