-बिनोज जंग राय (क्षेत्री)
हामी कोरोना र इबोला भाईरसहरुसँग भन्दा बढी आजको वैज्ञानिक युगका मानवहरुले प्राकृतिक सम्पदा माथि शक्तिशाली वन्ने होडमा प्राकृतिक सम्पदा माथि गरिएको क्षयिकरण माथि डर मान्नुपर्ने अवस्था रहेको छ । आजको विश्व मानव समाजहरु तात्कालिक र क्षणिक रुपमा भएपनि शक्तिशाली सम्पन्न वन्ने होडले कतै मानब समाजको अस्तित्व नै मेटिने हैन कि ? भन्ने जस्तो सवालहरुमा राजनीतिक, सामाजिक, आर्थिक र अन्तर्रास्ट्रिय स्तरमा बहस हुन आवश्यक छ ।
यसरी आफू र आफ्नो पुस्तालाई मात्रै विकास र शक्तिशाली वनाएर आउँदो भावि पुस्ताको वारेमा केही नसोचि विभिन्न मिसायल र विभिन्न रसायनहरुको परिक्षणले गर्दै जाने हो भने वा धनी र सम्पन्न राष्ट्रहरुले प्राकृतिक सम्पदाहरुको अत्यधिक उपयोग गरि प्राकृतिक सम्पदा मानव उपयोगी नहुने स्थितिसम्म क्षयिकरण गर्दै जाने हो भने, हिजो अफ्रिकी महादेशमा देखिएको ईबोला र आज पुर्वी एशियाली मुलुक चिनमा देखिएको नोबेल कोरोना भाईरसले मानवीय अस्तित्वलाई नै खतरामा पार्ने संकेत देखिन्छ । यी र यस्तो भाईरससँग लड्ने औषधी त आविष्कार हुन सक्लान । तर यी र यस्तो भाईरस भन्दापनि अझै शक्तिशाली भाईरस न देखियला भन्न सकिदैन । त्यसैले हामिले हाम्रो प्राकृतिक सम्पदाको रक्षाका निमित्त राजनीतिक, सामाजिक, आर्थिक, विश्वव्यापी रुपमा बहस गर्नु पर्दछ ।
आजको वैज्ञानिक युगमा पर्यावरण सम्बन्धि विश्व स्तरको चासो र मुद्दाको विषय बनी रहेको छ । अहिले पर्यावरण सन्तुलन सम्बन्धी अन्तर्राष्ट्रिय कानुन बनेका छन् । वनजंगलको फँडानी रोक्नु, डढेलो लाग्न नदिनु, कटानीको अनुपातमा दोब्बर–तेब्बर वृक्षारोपण गर्नु, जल प्रदूषित हुन नदिनु, कीटपतंक, चराचुरंगी, सरिश्रृपको आहारा, बासस्थान, क्रीडास्थल संरक्षण गर्नु, लोपोन्मुख पशुपन्छीको संरक्षण गरी प्रजनन वृद्धि गर्नु, कलकारखानामा कम प्रदूषण संयन्त्र जडान गर्न उत्प्रेरित गर्नुु, सीमसार, धाप, जलाधरको संरक्षण र संवद्र्धन गर्नु, इकोभिलेज, इकोटुरिज्मजस्ता कार्यक्रम प्रवद्र्धन गर्नु पर्यावरण सन्तुलनका खातिर चाल्नुपर्ने कदमहरू हुन् ।
सारमा, पर्यावरण आफै असन्तुलित हुँदैन । पर्यावरण आफै बिग्रँदैन । मानवीय हर्कतका कारण सन्तुलन बिग्रिएको हो । बिगार्नेले नै सपार्नु प्राकृतिक न्यायको सामान्य सिद्धान्त हो । यसको अर्थ पर्यावरण सुधार्ने दायित्व पनि मानिसकै हो । पर्यावरणीय सन्तुलन आफैमा व्यापक विषय हो । आफैंमा दीर्घकालीन अवधारणा पनि हो । पर्यावरण सन्तुलनका निश्चित सर्तहरू छन् ।
पर्यावरण सन्तुलनका लागि माटो, वनजंगल, पशुपन्छीको संरक्षण, विद्युतीय सवारी साधन प्रयोगमा बढावा, उद्योगधन्दामा प्रदूषणनिरोधी संयन्त्रको प्रयोग, नवीकरणीय उर्जाको प्रयोगमा जोड, ओजन तह संरक्षण, हरितगृह ग्यास उत्सर्जन व्यवस्थापन, जलवायु परिवर्तन व्यवस्थापन, पर्यावरण सन्तुलनका खातिर आधारभूत सर्तहरू हुन् ।
विक्षारोपण, खोलानाला, चुरेको संरक्षण, धाप, सीमसार तथा जलाधारको संरक्षण, फोहरको समुचित व्यवस्थापन, पेट्रोलियम पदार्थको प्रयोग कटौती, स्यानेटरी ल्यान्डफिलको दिगो व्यवस्थापन पर्यावरण सन्तुलनका लागि त्यत्तिकै महत्वपूर्ण कुरा हो । विश्वव्यापी प्रतिबद्धता, जनचेतना अभिवृद्धि, भए गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको अक्षरशः कार्यान्वयन, राज्यले अघि सारेका नीति, नियम, ऐन, कानुनको परिपालना त्यो भन्दा कम्ती महत्वपूर्ण कुरा हो, पर्यावरण सन्तुलन कायम राख्नका निमित्त । वन जगंल जस्तो महत्त्वपूर्ण विषयलाई पनि अहिले शाषक वर्ग, प्रशासनिक कर्मचारी तथा राजनीतिक पार्टीले कम महत्त्व दिएको हुदा पर्यावरण सम्बन्धि अन्तर्रा्ष्ट्रिय स्तरमै बहस गरि मानव संसाधनको रक्षा गर्दै दिगो विकाशमा सबैले जोडदिनु पर्ने आजको आवश्यकता हो ।
मानिसले वातावरणमा देखाएको व्यबहारले आजको विश्वमा लाखौंलाख जिवजन्तु र किटपतंगहरु वातावरणीय प्रदुषणका कारण वातावरणमा अनुकुलन हुन नसकि अस्तित्वमै रहेका छैनन् भने लाखौं करोडौं जीवजन्तु, किटपतंग र वनस्पतिहरु लोपोन्मुख भै सकेको छन । त्यसको प्रत्येक्ष र परोक्ष असरहरु मानवीय संसाधन नपरेको हैन ।
आज जुनरुपमा चिनजस्तो विकसित देशमा नोबेल कोरोना भाईरसले ठुलो मानवीय क्षति निम्त्याएको छ । भोलि दिनहरुमा नोबेल कोरोना भाईरस भन्दा शक्तिशाली भाईरसले विश्वमानव समुदायमै मानव संकट निम्त्याउने त हैन भन्ने प्रश्नको जवाफ शक्ति राष्ट्रहरुले वुझ्नु आवश्यक छ । त्यसैले म मलाई नोबेल कोरोना र ईबोला भाईरसको भन्दा ती भन्दापनि खतरनाक र शक्तिशाली भाईरसले विश्वमा मानव संकट नै पो निम्तिने हो कि भन्नेमा डर छ, वातावरण हाम्रो मात्रै सम्पति नठानौ हामीले हाम्रो लाखौं, करोडौं भाविपुस्ताको अस्तित्व रक्षाका लागि वातावरण जोगाउन आफ्नो तर्फबाट भुमिका खेलौ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।