७ बैशाख २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले आफु संक्रमित भएर भए पनि जनता बचाउन तयार रहेको बताएका छन् । शनिबार तेमाल अनलाईनसँगको विशेष अन्तरवार्तामा अध्यक्ष मोक्तानले उक्त कुरा बताएका हुन् ।
‘म आफु संक्रमित भएर भए पनि जनता बचाउनको लागि तयार छु ।’ लामाले भने, ‘रोशी गाउँपालिका हर हमेशा जनताको स्वास्थ्य प्रति गम्भिर छ ।’
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि आफू जनताको घरदैलो मै पुगेर सचेतना जगाउने देखि लिएर जनताको सुखदुःख बुझेको बताउँदै अध्यक्ष लामाले आफू जनताको लागि मर्न तयार रहेको बताए ।
‘मेरी आमाले भन्नुभयो एउटा छोराको हैसियतले मात्र तिमी मरेउ भने मेरो छोरा मर्दाको मात्र मलाई पिडा हुन्छ । तर तिमी एउटा जनप्रतिनिधी पनि हौं ।’ उनले भने, ‘यदि तिमी जनताको सेवा गर्दागर्दै मरेउ भने अरु धेरै नेताहरुले तिमीबाट त्यो कुरा सिक्छ कि जनताको निम्ति मर्न सक्नुपर्छ । त्यसैले मेरो आमाले त्यो हौसला दिनुभएका छ । म जनताको लागि मर्न तयार छु ।’
कानुन मिच्ने चेष्ट गरेको छैन
विभिन्न सामाजिक सञ्जाल सञ्चार माध्यमहरुमा लकडाउन तोडेको टिकाटिप्पणी भएकोमा उनले पाठको रुपमा लिएका बताउँदै कानुन् मिच्ने चेष्ट आफूले नगरेको बताए । ‘नेपालको सरकारको कानुन भन्दा माथि म छैन । म त्यही कानुन परिधि भित्रको हो ।’ अध्यक्ष लामाले अन्तरवार्ता दिंदै भने, ‘नेपालको संविधान यदि मैले मिचेको छु भने मलाई जेल हालियोस् । म एउटा जेल बसेर त्यतिका व्यक्तिको उद्धार भयो भने म जेल जान तयार छु । मैले कानुनलाई मिच्ने चेष्टा गरेको पनि छैन । हैन पनि ।’
‘हाइ अलर्ट’मा रोशी
स्वास्थ्य सम्बन्धी रोशीका कुनै पनि जनतालाई समस्या आएमा जहाँ जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न आफूहरु तयार रहेको अध्यक्ष लामाले बताए । दिर्घरोगीदेखि लिएर जोसुकैलाई पनि नि–शुल्क औषधी बाहेक अन्य कुनै जटिल रोगको औषधी चाहिएमा घरमै पुर्‍याउन जाने लामाले जानकारी दिए ।
त्यसैगरि सधैं जनताको स्वास्थ्यलाई मध्य नजर गरि रोशी सरकार हाई अलर्टमा रहेको उनले बताए । ‘रोशी गाउँपालिकामा ३ वटा एम्बुलेन्स स्ट्यान्ड बाई छ । गाउँपालिकाको २ वटा गाडी छ ।’ उनले भने, ‘कसैको स्वास्थ्यमा जटिलता आएमा यी साधनहरु प्रयोग गरेर हस्पिटल लान्छौ । ढुक्क हुनुहोस् ।’
बल र पैसाले कोरोना नलाग्ने होइन
अध्यक्ष लामाले कोरोना भाइरस जोकोहीलाई पनि लाग्ने भएकोले अल्छि नगरी बुद्धि पुर्‍याउने रोशीका जनतालाई अनुरोध गरे ।‘रोशी गापाको प्रमुखको हैसियतले म रोशी गापाकाका जनताहरुलाई म के भन्न चाहन्छु भने कोरोना भाइरस यो पैसाले या बलले नलाग्ने पनि होइन, यदि बुद्धि लगाएमा र अल्छी नगरेमा हामी संक्रमण हुनबाट जोगिन सक्छौं ।’ उनले भने, ‘बुद्धि पुर्‍याउनुहोस् यो रोगको रोकथाम नै यहीं हो ।’

भिडियो अन्तरवार्ता हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।