९ बैशाख २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि नमोबुद्ध नगरपालिकाले सबै तयारी भइरहेको बताएका छन् । तेमाल अनलाईनसँगको विशेष अन्तरवार्तामा नगर प्रमुख तिमल्सिनाले तयारीमा सबै निकाय जुटेको बताएका हुन् ।
तिमल्सिनाले आत्मवल भएकोले कोरोना विरुद्ध लड्न सक्ने बताएका छन् । ‘हामी गोर्खाली हौं, कोरेना विरुद्ध लड्न हामीसँग आत्मबल छ ।’ उनले भने ।
अन्तरवार्ताको क्रममा कोरोना विरुद्ध लड्दै गर्दा जनताको आधारभूत आवश्यकता समेत पूरा गर्न आफू लागिरहेको बताएका छन् ।
सुत्केरी महिलालाई उद्धार गरें
सरकारले लकडाउन घोषणा गरेपछि पैदलबाट घर हिंडेकी एक महिलाले नमोबुद्ध नगरपालिकामा आइपुगेपछि बाटो मै बच्चा जन्माएकोमा आफूले उद्धार गरेको नगर प्रमुख तिमल्सिनाले बताए । ‘हिंड्दा हिंड्दै रामेछापकी एक महिलाले सडकमै बच्चा जन्मेको पाइयो । विपि राजमार्गको सिमालको बोट मुनि । हामीले उद्धार गर्‍यौं ।’ उनले भने, ‘जनतालाई घरसम्म पुर्‍याउने जिम्मा स्थानीय तहलाई दिएको भए आजको समस्या आउने नै थिएन ।’
अन्तरर्वार्ता हेर्नुहोस्ः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।