लेखक
-राेज बहादुर तामाङ (च्याङ्बा)
चरीकाे चिरविर चिरविर अावाजसंगै,
बिहानको मिर्मिरे उज्यालो हुनुभन्दा अागबै मलाई माेबाईलमा फोन आउने गर्थ्यो ।
फोन रिसिभ गरेर मैले ‘हेल्लाे’ भन्दै गर्दा सदाझैँ मसिनो स्वरमा
गूड मर्निङ हजुर !!!,
उज्यालो भैसक्यो उठ्नुस् नत्र कलेज जान ढिला होला, ह्याभ अ गूड डे भनेर फोन राख्ने गर्थीन् ।
पछी पछीका दिनहरुमा मलाई लाग्थ्यो उसको फोन कल मेरो लागि अलराम थियो । अश्चर्य के लाग्थ्याे भने कहिले कहि बिहानकाे २ बाजे सम्मा फाेनमा गफ हुने गर्थ्याे तै पनि प्रत्येक बिहान उसैले नै मलाई फाेन गरेर कलेज जान ढिला हुन्छ उठ्नुस् हजुर भन्ने गर्थे ।
कुनै दिन त्यस्ता पनि थिए जसमा मैले ह्या एकछिन नकराउ निन्द्र पुग्यछैन सुत्छु भन्दै गर्दा कुम्भे मज्जाले सुतेर बस्नुहोस् म अब कहिल्यै उठाउँदिन भन्दै घुर्काउने गर्थीन्। ‘मायामा घुर्की जायजै भएर होला त्यो मेरो लागि कुनै नौलो बिषय थिएन ।’
………………
लाखुरी भञ्ज्याङमा हाम्राे दैनिक जस्ताे नै हुन्थ्याे । फिलिम हेर्न अनि संगै गुम्फिर गर्न गुम्बामा प्रया जसाे गइरहेकै हुन्थ्याे ।
हाम्राे भेट अलि पतलिदै गयाे भने मेसेज फाेनमा हामी चाडै भेट्ने कुराहरु मात्र हुन थालेको हुन्थ्याे । यसरी नै हाम्रो दिनचार्य राम्रोसँग बित्दै गएको थियो।
हाम्राे भेट नभएकाे पनि अलि धेरै नै भएकाे थियाे । एकदिन अचानक उसैले फोन गरेर भनी,”मेराे अमेरिकमा भिषा लाग्याे । अब हामी चाँढै भेटनु पर्छ ।
उनले भेट्नको लागि बारम्बार आग्रह गर्ने गर्थीन ।
एक दिन भेटने कुरा भयाै । तेस्तै १०:४५ तिर म बनेश्वार पिपालबाेटमा गएर बसे । पछाडिबाट अाएर मलाई च्याप्प समाउदै साेध्दै थिई कतिखेर अाईपुग्नुभाे ? भाेक लाग्याे हाेला ? कस्ताे गर्मी, चिसाे पिँउ भन्दै हामी नजिकैकाे पसलमा गए । त्यहा एक तला माथिकाे रेष्टुरेन्टमा छिरेर दुई बाेताल काेक अडार गरे । छेवैमा रहेकाे एक जाेडी बिच खै के कुरामा हाे मनमुटाव देखिरहेका थिए । हामी चिसाे पिउदै गफ गर्न थाले । तेहि त हाे नि हासाे मजाक संगै माया प्रेमकै । अाज तपाईलाई म एक ठाउँ लिएर जान्छु नाई भन्न पाउनु हुन्न अाज त्यस ठाउमा जानै पर्छ । भनिरहदा मैले ठाउकाे हल्लाउँदै हुन्छ भन्ने संकेत गरे ।
त्यहाबाट निस्केर बनेश्वार चोकबाट हामी ट्याम्पुमा चढेर जाउँलाखेल तर्फ लाग्यौँ, हाम्राे पहिलाे गन्तब्य कहा थियो थाहा छैन । जाउलाखेल पुगेर हामी चिडियाखाना तिर लाग्याै । टिकट कटेर भित्र छिरेर हामी त्यहाँ म्युजिएममा राखिएको जनावारका छाला हेर्दै फोटो खिच्यौ। केटीहरु प्राय फोटो खिच्ने भनेपछी मरिहत्या नै गर्छन्। म मेरो क्यामेराबाट उस्को फोटो लिदै हिंडेको थिए। हामी सँगै बसेर पनि फोटोहरु खिच्यौँ ।
भित्रै एउटा होटलमा बसेर कफी खाँदै गर्दा यति हामीलाई पनि अगिकाे जनावर जस्तै थुनेर राखियाे भने के हुन्छ हाेला ? भन्दै गर्दा उनि भावुकता भएकाे मैले अनुभुती गरे । म चुपचाप केही बाेलेन । त्यसपछी हात्तीसार तिर गयौ । यि पलहरु मेराे दिमागको क्यामेरामा सदैब कैद राखिदिने तरिकाले घुमाईदिएकाे हुनुपर्छ !
त्यसदिनको घुमफिर पछी हामी ट्यक्सी चढेर नगारकाेट तर्फ लाग्याै । तेहि साझ घाम डुब्नु अघि क्षितिज मा घाम पहेलिदै गएको समयमा हामी नगरकाेट पुगे । त्याे समय हामी दुवै कति खुशी थिए सायद जति भनेपनि अधुरै रहन्छ । हाम्रो मायाकाे सामिप्यता हाम्रो आत्मियता त्यो कल्पित दुनिया भन्दा धेरै दुर थियो ।
मलाई लाग्थ्यो कि स्वर्गको एक भाग टुक्रिएर हामी बीच झरेको थियो । समग्रमा स्वर्गीय आनन्द अनुभूत गरिरहेका थियौ । त्याे समय कति करुण लाग्थे उसका स्वर कति कोमल थिए ओठ अनि अंग(अंगहरु) ।
कति माया दियौ त्यस बखत उसले मलाई । त्यस बखत कति पवित्र थियो हाम्रो माया । कति चोखो थियो हाम्रो प्रेम । त्यस दिन बाचा गरेका थियौ हामीले एक अर्का लाइ जीवन भर नभुल्ने र नछुट्ने । जीवनकाे एउटा सुन्दर सपना देखेका थियौ हामीले त्यहा । जीवनको उत्तरार्ध सम्मको योजना बुनेका थियौ । हामी बसेको केहि क्षण पछी कस्तो पानी परेको थियो । झम झम साउने झरी जस्तो । त्यो झरीमा मस्त रुझेका थियौ उनि र म । कत्ति राम्री देखिएकी थियौ त्यस बखत उनी । निरर्थक प्रयास स्वरूप एउटै छाता मुनि ओतिएका थियौ ।
उनि मेरो काखमा लुपुक्कै टासीएकि थिए र पनि झरीको प्रहारबाट रहेका थिएनौ सुरक्षित । बिस्तारै रात पर्दै गर्दा हामी तेहि होटालको कोठामा हाम्रो मायाका असिमित योवनका प्यासहरु तेहि मेटाएका थियाै ।
कपडा सुकेर बिहानै हामी घरतर्फ जाने बिचार गरे । याे नै हाम्राे अन्तिम भेट् थियाे । तेहि दिन बेलुका ९ बजेकाे टिकेट् तय भएकाे थियाे । यात्राको अन्तिम दिन प्राय यस्तै हुने गर्दछ । भेटिनुको खुशी भन्दा छुट्टीनुको पिडा मैले पनि त्यतिखेर नै महसुस गरेँ । उसलाई पनि पीडा त कहाँ नभएकाे हाे र । उ त झन एकन्तामा रुदै थिई ।
सकेसम्म सम्झाए उसलाई, अनी दुबै जान छिट्टै भेट्ने बाचा गरे । हामी काठमाडौ फर्किए बनेश्वार चाेकमा अाएर म बनेपाकाे बस चढ्न खाेजेँ तर खुट्टा उचाल्नै सकिरहेकाे थिएन् थकित झैं भएकाे महाशुस् गरेँ स्मृति भने झन रुन थलिन् । मनले मानिरहेकाे थिएन् वरिपरि हामीलाई हेरिरहेका थिए मान्छेहरु । उसलाई सम्झाउँदै बसमा चढे उ हात हल्लाउदै थिईन। छुटिने मन नहुँदा नहुँदै छुटिनु पर्याे । गाडी एक छिन राेकि दियाेस् झैँ लाग्थ्याे तर गाडी अाफ्नै तारिफमा कुध्ना थाले । सायद त्यो नै बिदाइको संकेत थियो हाम्राे अन्तिम भेट पनि ।
म उसको अन्धाभक्त जस्तो भैसकेको थिए ! मैले उसका हरेक कुराहरुलाई आँखा चिम्लेर विश्वाश गर्ने सामर्थ्य राख्ने गर्थे। मलाई लाग्थ्यो, जिन्दगीमा म कसैलाई यती धेरै माया गरिरहेको छु, आफुलाई भन्दा पनि धेरै, त्याे दिन रात भरि कुरा गरिरह्याे बिहाना सम्मा । म कलेज नै नगई दिनभरी सुतिरहेँ ।
बेलुका एयरपोर्टमा पुगेर उसले मलाई जान्छु है राम्राेसंग बस्नु भन्दै फाेन गरि उता पुगेपछि फाेन गर्छु भनिन् । दुई दिन पश्चात् उ अमेरिक पुगेकाे खबर सुनाए । समय बित्दै गयो, म पनि आफ्नो पढाईमा तल्लिन हुनु पर्ने समय आयो । यसका बाबजुत हाम्रो फोन र मेसेजको वार्तालापहरु रोकिएको थिएन । उ भने अमेरिक पुगेर कलेज सुरु गरिसकेका थिए । कहिले कहिँ अाफ्नाे साथीहरुसंगै बसेर खिचेकाे फाेटाेहरु पठाउने गर्थे ।
लाग्थ्याे उ धेरै खुशी छिन् । अनलाइनमा हाम्राे घण्टाै कुराे हुनेगर्थ्याे । तेहि लाखुरी भञ्ज्याङ, फिलिम हाल, गुम्बा, पार्क तिर गएकाे ती रमाइलो दिनहरुकाे मात्रै कुरा गरिरहेका हुन्थे । कलेजकाे बारे, खाएकाे घुमेकाे फालानु साथि यस्ताे उस्ताे अाज यस्ताे भयाे उस्ताे भयाे भन्दै खुब सुनाउने गर्थिन्।
हामी छुटकाे पनि २ बर्ष भएछ । त्याे दुई बर्ष बितेकाे पनि पत्तै भएन छ ।
एकदिन उसले मलाई फोन गरेर भनेकी थिइन् ।
एक्कासि बुवा बिरामी हुनुहुन्छ त्यसकारण म नेपाल अाउनु नै पर्ने भयो । सायद हाेला नै भन्ठाने । उ भन्दै थिई, अब म काठमण्डाै अाएपछि तपाईलाई कल गर्छु । उनले धरान पुगेर कल गरिन हातार परेकाले कल गर्न सकिन पछि काठमाण्डाैं अाउछु फाेन नगर्नु म अाफै गर्छु । मैले पनि होला क्यारे, उसलाई गह्राे हुन्छ भने त मैले किन टेन्सन दिइरहनु ? उनी त्यहाँ गएपछी कहिले कहि फाेन गर्थे मैले सोधे, कस्तो छ त बुवालाई ? उ अप्ठ्यारो मान्दै सामान्य रुपमा उत्तर दिने गर्थी सायद उसकाे वरिपरि काेहि भए जस्ताे वा काेहि कसैले सुन्लान जस्ताे । खासै केही भएको रहेनछ । ऐले चाँही ठिक छ । मैले सोध्ने गर्थे, अनी किन यत्ती धेरै दिन बस्नुपरेको तिमीलाई ?
काठमाण्डाैं कहिले फर्कन्छौ ? आदी इत्यादी। सबै प्रश्नका उत्तरहरु सरल हुने गर्दथ्यो। मानौ, उसलाई केही कुराको पनि मतलब छैन वा कसैकाे डर मानेर बाेलिरहेकाे छ अथाव उसकाे छेउमा काेहि छ । त्यसरी नै एक महिना बिते, केही दिन देखि भने फाेन सम्पर्क नै हुन सकेन । उसकाे साथी मार्फत थाहा पाएँ कुनै लहुरेसंग बिहे भएकाे कुरा । मलाई त्यसपछी धेरै कुरा सुन्न मन लगेन । बेलुका हत्तारिदै फेसबूक खोले र स्मृतिकाे फेसबुक वाल चेक गरे । केहि मिनेट अगाडि मात्रै पाेष्ट गरेका बिहेमा टिका लाएर खिचिएका फोटाहरु अरु कसैले ट्याग गरेकाे देखे ।
अनी मलाई रिसले सिमा नाग्दै थियो । अनि म्यसेज गरे कुनै प्रतिक्रिया छैन् । मलाई एकदम अफसोच लागिरहेकाे थियो कि म यसरी फस्दै थिए , न म उस्को हुनसक्छु, न अपनाउन नै। तर पनि मैले उस्को भुतलाई नहेर्ने प्रतिग्या गरेकै त थिएँ तर सकिरहेकाे थिएन् । मन त्यसै गर्हुङ्गो भएर आयो। मुटु फुट्ला झैँ भयो। मैले त उसलाई यत्ती धेरै माया दिएको थिए। जुन मायाको कदर उस्ले
गर्न सकिन। म भने दिनहुँ उसको एक कल फोन प्रतिक्षामा हुन्थे भने
उस्ले यती सम्म गर्न सक्दैन। यो सालीन मनमा यती धेरै तरङ्गहरु फैलिन थाल्यो। एक किसिमले मेरो आँखाका आँसु एक सागर बन्न प्रतिक्षारत थियो।
एक दिन नयाँ नम्बारबाट फाेन अायाे
हेल्लाे !
हेल्लाे, हजुर संन्चै हुनुहुन्छ ।
मैले स्वार चिनिहाले । अहिले सम्मा पीडा बाेकर बंचिरहेकाे छु । थाहा छैन भाेली के हाेला नहाेला भन्ने बितिकै उसले मलाई सबै पोल खोल्न थाली । बुवाले अाफ्नै साथीकाे छाेरासगँ बिहे गर्न बाध्य परेकाे कुरा ।
हाम्राे सम्बन्धकाे बारे थाहा भएर नै बुवाले बिरामी भएकाे नाटक गरेकाे रहेछ । नेपाल अाएपछि मात्रै थाहा भयाे बुबाकाे सबै चालहरु यदि पहिले नै थाहा पाएकाे भए नेपमल अाउने नै थिएन । नेपालमा अाए पनि धरान जाने थिएन । सिधै तपाईकाे नै अाउथे । धरान पुगेपछि विहेकाे कुरा सुरु भयाे मैले मेराे ब्वाईफ्रन्ड छ भन्दा मन्नु भएन ।
उहाले राेजेकाे केटाेसंग नै बिहे गर्नुपर्ने सर्त राख्नु भाे । यति भनेकाे मनेन भने म अाजै अत्महत्या गरि मरभाे भन्नू भाे बुवाले, यहाँ अाउने वितिकै नया सिम निकालेर सबै भन्दा पहिला तपाईंलाई कल गर्न खाेज्दा गर्न दिनु भएन । बुवाकै कारणले गर्दा तपाईले कल नगर्नु म अाफै गर्छु भनेकाे । कहिले कहिले लुकि लुकि तपाईंलाई कल गरेकाे सबै कुरा पछि बुवालाई थाहा भएछ । त्यस दिन देखि माेबईल बाेक्न र घरबाट बहिरा निस्किनै दिनु भएन ।
घरकाे फाेन पनि कटिदिनुभाे । मर्न पनि कहाँ नखाेजेकाे हाे र तर सकिन । बिहे गर्न बाध्य बनायाे । उसकाे कुरा म चुपचाप सुनिरहेका थिए ।
किन चुपचाप ?
के भयो तपाईलाई ?
उस्को कथा सुन्दा-सुन्दै गलिसकेको मन एक्कासी झस्किएँ ।
आँखाका आँसु एक सागर बन्न प्रतिक्षारत थियो।
उसको यती कथा सुनिसकेपछी मलाई आवक् भए। आँखा भरी टिलपिल आसुँ भयो। मलाई
उनिसँग अब बाँकी बोल्न मन लागेन। टाउको भक्कानिएर आउन थाल्यो। आँखा बाट बलिद्र धारा आँसु तप्प तप्प चुहिदै थियो। मैले फोन काटिसकेको थिए। उनी मलाई निरन्तर कल गर्दै थिई।
सोचे कि उनिहरुको नयाँ जिन्दागी शुरु भयो तर मेरो प्रेमको कुनै महत्व थिएन । मैले उसलाई फेसबूकबाट ब्लक गरेँ । जहाँ बाट सुरु भयो त्यहीँबाट भयो अन्त्य। मैले मोबाइलमा मेसेज गरे, तिमीहरुको नयाँ जिन्दागीकाे सुरुवात भयो तर म त्यस्मा उत्तरचढावको पात्र मात्र सावित भए । अझ तिम्राे लागि त म गुडिया मात्र भएँ।
उसले भन्दै थिइन कि, हाम्रो प्याक अप मात्र भएको हो । उताबाट निरन्तर कल गर्दै सम्झाउदै थिइन
अब त रुने पालो मेरो परेछ । तिम्राे स्वार सुन्दा राेउ जस्ताे लाग्छ । तिमीलाई नदेख्दा झनै रोउ जस्तो लाग्छ । एकान्तहरुमा रुन्छु ।
तिम्रै तस्बिर हेर्दै रुन्छु । तिमीले मलाई समर्पण गरेका अतित पत्रहरु हेर्दै रुन्छु । कतै टाढा गयो कि त पछ्याईरहन्छ तिम्रै सम्झनाले । अझै कतिन्जेल सम्म रोइरहने हुन् यी पीडाका एकान्तहरु । रुनलाइ आँखा बाटैआँशु कहाँ बग्नु पर्दो रहेछ र ? रुनु त मन रुनु पो रहेछ । पछिका दिनहरुमा मलाई सधैं उनिहरु घुमेको, खाएको हिंडेको कुराहरु गरेर तनाब दिने गर्थी र भन्थी म तपाईंलाई कहिले पनि बुल्दिन । म भने अब मलाई कल मेसेज नगर, मलाई पिडा हुन्छ । धेरै टेन्सन नदे प्लिज लिभ मि एलोन। मैले फोन काटेर मोबाइल अफ गरे।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।