१२ बैशाख २०७७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले देउवालाई शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् ।
आज विहान ११ बजे प्रधानमन्त्री ओलीले फोन गरेर देउवालाई तीन बजे भेटवार्ताका लागि बालुवाटार बोलाएको बुझिएको छ ।
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच कोरोना भाइरसबाट उत्पन्न लकडाउनपछि पहिलोक पटक कुराकानी हुन लागेको हो ।
महतका अनुसार उनीहरुबीच सरकारले वैशाख ८ गते जारी गरेका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पछि उत्पन्न परिस्थित र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणबारे छलफल हुने छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काँग्रेससँग कुनै छलफल नगरेभन्दै काँग्रेसले निरन्तर गुनासो गर्दै आएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।