१३ बैशाख २०७७
तेमाल । काभ्रेको तेमाल गाउँपालिकामा भएको एउटा मात्र ज्वरो नाप्ने यन्त्र थर्मल गन पनि विग्रेको अवस्थामा रहेको छ । एउटा भएको थर्मल गन पनि विग्रेपछि गाउँपालिका प्रवेश गर्नेहरुको सामान्य स्वास्थ्य चेकजाँच समेत हुन सकेको छैन ।
हाम्रो टिभी नमोबुद्ध यूटयूब च्यानललाई शुक्रबार अन्तरवार्ता दिंदै वडा नं. ९ का वडा अध्यक्ष चन्द्र लामाले थर्मल गन नै नभएपछि गाउँपालिका भित्र प्रवेश गर्ने विवरण टिप्ने काम मात्र भएको बताएकाछन् । वडा अध्यक्ष लामाका अनुसार तेमालमा स्वास्थ्य सामाग्रीको अभाव रहेको छ । ‘स्वास्थ्य सामाग्री अभाव नै छ । पर्याप्त नहुँदा तेमाल प्रवेश गर्नेहरुका सामान्य स्वास्थ्य जाँच समेत गर्न सकेका छैनौं ।’ लामाले भने, ‘अब हामी व्यवस्था गर्ने तरखरमा छौं ।’
१७ वटा गाडीमा स्थानीयको उद्धार
तेमाल गाउँपालिकाबाट उपत्यकामा विभिन्न कामको सिलसिलामा आएका तेमालवासीलाई गाउँपालिकाले उद्धार गरे पनि केही बाँकी रहेको वडा अध्यक्ष लामाले जानकारी दिए । ‘हामीले पहिला ११ वटा गाडीको व्यवस्था गर्यौं । ११ वटा गाडीले नपुगेपछि पछि ६ वटा गाडी थपेका थियौं ।’ उनले भने, ‘तर सबैलाई लान सकेन । केही छुटेको छ ।’
छुटेकाहरुलाई कसरी गाउँपालिकासम्म लाने भन्ने विषयमा गाउँकार्यपालिकामा विशेष छलफल गर्ने र उद्धार कार्यलाई निरन्तरता दिने लामाले बताए ।
भिडियो अन्तरवार्ताः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।