-
रक्तिम लामा
किन दिने ?
कसलाइ दिने ?
मेरो उत्तराधिकारी हुने को ?
अह ! दिनै हुन्न
बरु पेलेर बसुला
प्रतिकार गरुँला
ज्यान जाला दिन्न ।
कोहि बौलाएर भो ?
के नाप्छस हेरौंला
रोउ, चिच्याउ, छ्टपटी होउ
तर म दिन्न
मेरो नाममा परेको जनमत हो
फुर्ती लाउँछस् ?
मेरो पाउमा झरेको दक्षिणा हो
आँखा लाउँछस ?
दिन्न लु
के गर्छस् गर ।
ज्यानजाला छोड्दिन बालुवाटार
मेरो ताकतले पुगेको हुँ
मसँग अदभूत शक्ति छ
अलौकिक वरदान छ
तेत्तीस कोटि देउताको साथ छ
के को बिधिको कुरा गर्छौ
के को समयको कुरा गर्छौ
मैले जे भन्छु त्यो विधि हो
मैले जे निर्णय गर्छु त्यो कानुन हो
कसैले भनेर हुन्छ?
दिन्न
दिदै दिन्न
मेरा साना दुखाले आज्र्याको सत्ता होइन यो
कराउ, बेस्सरी कराउ
एउटा कानले सुन्छु, अर्कोले उडाउँछु
सुन्दिन कसैको कुरा
मेरो कुरा सुन बरु– म जान्न मेरो कुर्सी छोडेर
किन छोड्ने
मलाई निस्की भन्ने तिमिहरु को ?
बस्न मन नलाग्नेहरु जाउ
हिड्न नसक्नेहरु सुतेर बस
तर
म निस्किन्न
दिन्न कसैले भनेर
दिदै दिन्न याद गर
म को हुँ चिन्या छस?
नाकाबन्दिमा कत्रो लडें म
एक दशक लामो जेल नेल खाएको मान्छे हु
महाकालीको कुरा नगर
गणतान्त्रिक आन्दोलनको कुरा नसुनाउ मलाई
जे जे गर्न सक्छौ गर
तर म दिन्न
टाउको फुटाउ भुँडी फोर
तर म दिन्न
सक्छस आफै निस्केर जाउ
सक्दैनस मेरो आदेश मान
बढ्ता कराउँछस ?
गला थिची दिन्छु
हेर्छस टेढो आखाले ?
गुच्चा खेली दिन्छु
ज्यादा बकबक बोल्छस् ?
जिब्रो थुतिदिन्छु
के सोच्छस् ?
कसले बजायो बेमौसमी बाजा ?
को नाच्यो छमछम ?
अरुसँग के छ ?
मसँग सति जानेहरुको लाम छ
त्यस्तै परे धरहराबाट हामफाल्ने हनुमान छ
त्यस्तै परे पार्टी भत्काउने यान पनि छ
के फुर्ती लाउछस?
के नाप्छौ नाप
तर म दिन्न
दिदै दिन्न
को को मर्नु पर्छ मर
तर म दिन्न ।
(लेखक कवि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वागमती प्रदेश कमिटि सदस्य हुन् ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।