२७ बैशाख २०७७
काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकामा आरडिटीबाट कोरोना भाइरस परिक्षण गर्दा ‘पोजिटिभ’ परिणाम निस्केपछि गाउँपालिका भरि अनावश्यक त्रास फैलिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताएका छन् । तेमाल अनलाईनको यूट्युब च्यालन तेमाल अनलाई टीभीलाई विशेष अन्तरवार्ता दिंदै अध्यक्ष तिमल्सिनाले उक्त कुरा बताएका हुन् ।
आफूले पिसिआर टेष्ट नगरी सार्वजनिक नगरौं भन्दा पनि सार्वजनिक गरेर केहीले राजनीति गर्न खोजेको आरोप तिमल्सिनाले लगाए ।
अन्तरवार्ताको क्रममा उनले गाउँपालिकाको ७० प्रतिशत योजना सम्पन्न भएको र बाँकी काम पनि सूचारु गरेको उनले बताए ।
एसईई परिक्षा लिन नहुने र कक्षा १० को परिक्षा विद्यार्थीले दिईसकेकोले त्यसैको आधारमा रिजल्ट आउट गर्न पनि सरकारसँग अध्यक्ष तिमल्सिनाले बताए ।
हेर्नुहोस् भिडियोः

Comments

comments