५,जेठ २०७७ काठमाडौं । बाँके नरैनापुरका १२ सहित नेपालमा थप १८ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।
सोमबार साँझसम्म ३ सय ५७ रहेको संख्या बढेर ३ सय ७५ पुगेको हो। धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी एक पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबीस निवासी एक पुरुष छन् ।
त्यस्तै हालसम्म संक्रमण नभेटिएको तराईको सुनसरी जिल्लामा पनि एक जना संक्रमित फेला परेका छन् । त्यसैगरी झापाका एक थप एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका बताइएको छ। यससँगै सोमबार मात्रै नेपालमा ८० जना नयाँ संक्रमित भेटिएका हुन् भने हालसम्ममा नेपालमा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























