डिलबहादुर थोकर, ११ जेष्ठ २०७७
मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले क्वारेन्टाइनमा बस्ने व्यक्तिको ५ लाख रुपैयाँको जीवन बीमा गरेको बताएका छन् । तेमाल अनलाईनद्वारा सञ्चालित तेमाल अनलाई टीभी यूट्युब च्यानससँगको अन्तरवार्ताको क्रममा प्रमुख वाईबाले उक्त कुरा बताएका हुन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने क्रममा जीवन बीमा गरिएको वाईबाले प्रष्ट पारे । त्यसैगरी अन्तरवार्ताको क्रममा उनले स्वास्थ्य, शिक्षालाई नगरको प्रमुख विषय भएको बताउँदै अन्य विषय भने दोस्रो पाटो रहेको बताए ।
प्रमुख वाईबाले आगामी बजेटमा स्वास्थ्य, शिक्षा र खाद्यन्नमा बढी जोड दिने समेत बताए ।
वाईबासँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।