१५ जेष्ठ २०७७
काठमााडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताएका हुन् ।
सभापति देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग भएको उल्लेख गर्दै संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको र केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्ने उल्लेख गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।