छेडुप तामाङ
१७ जेष्ठ २०७७
नमोबुद्ध । पञ्चलाल तामाङ दिउँसो करिब ४ बजे माछा मार्न रोशी खोलामा झरे । खोलाको किनारमा उनको खेत पनि छ । काभ्रेका नमोबुद्ध नगरपालिका वडा नं. ६, खाक्सी निवासी पञ्चलाल खेत पनि हेर्ने र माछा पनि मार्ने उद्देश्यले खोलामा घोलेङ लिएर पसे ।
एक घोलेङ मात्र उप्काउन के खोजेका थिए रोशी खोलाको आवाज घण्केर आएको सुने । रोशी खोला उर्लेर आएको देखे उनले । अनि सुरक्षित ठाउँ खोज्ने उनले मैका नै पाएन । वारपार ठूलो बाढी आयो रोशीखोलामा । एउटा कालो ढुंगाले उनलाई साथ दियो । ठूला–ठूला ढुंगा पुरे । तर त्यो कालो ढुंगा पूर्णरुपमा पुरेन । त्यहीं कालो ढुंगा पञ्चलालको टेक्ने ठाउँ भयो । करिब ७ घण्टापछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा उद्धार गरियो ।
हामीले भिडियो रिपोर्ट तयार गरेका छौं ।
हेर्नुहोस् भिडियो रिपोर्टः

Comments

comments