छेडुप तामाङ
भकुण्डे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामाले नमोबुद्ध–तेमाल ‘बुद्ध सर्किट’ बनाउ आफ्नो नगरपालिका लागेको बताएका छन् । तेमाल अनलाईनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको संवादमा वडा अध्यक्ष लामाले उक्त कुरा बताएका हुन् ।
नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा धार्मिक पर्यटनलाई केन्द्रमा राखेर अगाडि बढ्ने लामाले बताए । आफूहरुले विगतको वर्षहरुमा पनि यो विषयमा छलफल भएको तर केही समस्याका कारण योजना निर्माण हुन नसकेको बताए ।
आफ्नो वडा नमोबुद्ध नगरको मुख्य व्यापारीक केन्द्र तथा बजार भएकोले लकडाउनलाई प्रभावकारी कार्यन्वयनको लागि चुनौती रहेता पनि आफूले अहिलेसम्म प्रयत्न गरिरहेको बताए ।
लामासँगको भिडियो अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।