छेडुप तामाङ
२१ जेष्ठ २०७७
धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पूर्व मन्त्री हितबहादुर तामाङले एमसिसिको पक्षमा सदनमा भोट नहाल्ने बताएका छन् । तेमाल अनलाईनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धलाई अन्तरवार्ता दिंदै नेता तामाङले उक्त कुरा बताएका हुन् ।
‘पार्टीमा छलफल गरेर मात्र बजेटमा एमसीसी आउँछ कि जस्तो लागेको थियो । तर छलफलै नगरी आयो ।’ तामाङले भने, ‘नीति तथा कार्यक्रममा पनि आयो । अब पार्टीको निर्णय विना म अगाडी बढ्दिन । अथास्थितिमा म एमसिसिको पक्षमा मत हाल्दिन ।’
नेता तामाङले भारतसँगको सिमा विवाद सदाको लागि अन्त्य गर्न सिमामा आरसिसि ढलन सहितको पर्खाल लगाउनु पर्नेमा जोड दिए ।
तामाङसँग लिएको अन्तवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।