छेडुप तामाङ
२३ जेष्ठ २०७७
धुलिखेल । गत जेष्ठ १५ गते नमोबुद्ध नगरपालिका वडा नं. ६ का पञ्चलाल एक्कासी रोशी खोलाको बाढीमा फसे । वारपार आएको रोशीखोलाको बाढीको बीचमा पञ्चलाल जीवन मरणको लडाईं लडिरहेका थिए ।
पलपलमा मृत्युले उनलाई जिस्काइरहेको थियो । एउटा कालो ढुंगा मात्र उनको सहारा थियो । त्यहीं ढुंगाको आडमा उनी बाँचीरहेका थिए ।
यता पञ्चलाल बाढीमा फसेको थाहा पाएपछि नमोबुद्ध नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामाले सुरक्षाकर्मी लिएर उद्धारको लागि पुगेका थिए । आफ्नो अगाडि जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष लामालाई पाएपछि स्थानीय र बाढीमा फसेका पञ्चलालको मनोबल निक्कै बढेको थियो ।
उद्धार कार्यमा कसरी जुटे र कसरी उद्धार गरियो भन्ने विषयमा वडा अध्यक्ष लामासँग हामीले जिज्ञासा राखेका थियौं ।
लामासँग लिएको भिडियो अन्तरवार्ता हेर्नुहोस्ः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।