५ जेष्ठ २०७७
तेमाल । काभ्रेको तेमाल गाउँपालिकामा निर्माण गरेको क्वारेन्टाइन गत जेष्ठ १५ गते तोडफोड भएको थियो । स्थानीय केही व्यक्तिहरुले एक्कासी तोडफोडमा उत्रेपछि अहिले वडा नं. ८ मा निर्माण भएको नर्सरीको टनेलामा क्वारेन्टाइन राखिएको छ ।
‘मलाई तोडफोड गर्नेको पछि लाग्ने फुर्सद छैन, कोरानो संक्रमण रोकथामको लागि म लागेको छु ।’ वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ भन्छन्, ‘आवश्यकता परेमा पछि कार्वाही प्रक्रियामा लाग्ने छु ।’
यसैबीच वडा नं. ८ मा निर्माण अगाडि बढीरहेको लिफ्टीङ सिंचाई पनि यो वर्ष सम्पन्न हुने घिसिङले बताए ।
‘लिफ्टीङ सिंञ्चाई गरेर कृषिमा जोड दिने हाम्रो योजना थियो । निर्वाचनमा मैले प्रतिबद्धता जाहेर गरेको थिएँ ।’ वडा अध्यक्ष घिसिङले भने, ‘अब यो आयोजना सम्पन्न भएपछि रुख कटहरको पकेट क्षेत्र बनाउने छौं ।’
वडा अध्यक्ष घिसिङसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।