८ असार २०७७
तेमाल । काभ्रेको तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले तेमालमा निर्माणाधिन अवस्थामा रहेको तामाङ संग्राहलय निर्माण अघि बढीरहेको बताएका छन् । तेमाल अनलाईनसँगको कुराकानीमा प्रवक्ता तामाङले उक्त कुरा बताएका हुन् ।
उनले तामाङ संग्राहलय निर्माणका लागि करिब ७ करोड बजेटको आवश्यकता भएकोले निर्माणमा अलि ढिला हुने बताएका छन् ।
‘अन्तर्राष्ट्रिय तामाङ संग्राहलय निर्माणका लागि ७ करोड बजेटको आवश्यकता छ । हामी साँस्कृतिक पर्यटन विकासको लागि यो संग्राहलय निर्माणको गर्न लागेका छौं ।’ वडा अध्यक्ष तामाङले भने, ‘जसरी भएपनि हामी सफल बनाएरै छाड्ने छौं । यो निर्माणको लागि सबै जनप्रतिनिधिहरु लागेकाछौं ।’
वडा अध्यक्ष तामाङको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।