संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एयर इण्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य क्यालिकटको विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ । विमानमा झन्डै २०० जना सवार थिए ।

उक्त विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । विमान दुई टुक्रा भएको तस्बिर सामाजिक सञ्जालहरूमा राखिएका छन् । कति हताहती भयो भन्ने प्रस्ट भएको छैन । स्थानीय समय सात बजेतिर दुर्घटना भएपश्चात् उद्धार कार्य थालिएको थियो । सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।