काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९८० जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,३८२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४७०३ जना छन् । आइसोलेसनमा १७,०२७ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप १८१४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २८,९४१ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुई महिला र सात पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।
मोरङ र झापाका एक एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी मोरङ, पर्सा, धनुषा र चितवनमा एक एक पुरुष र काठमाडौंमा तीन जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।