३० भदौ २०७७
काभ्रे । नेपाली काँग्रेस काभ्रेका नेता शंखबुद्ध लामाले आफू काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार हुनपाए पार्टीको मत भन्दा ४ हजार बढी ल्याउने दावी गरेका छन् । तेमाल अनलाइनले पार्टी भित्रको अन्तरविरोध र यसको समाधानको बारेमा लिएको अन्तरर्वातामा उनले उक्त कुराको दावी गरेका हुन् ।
नेता लामाले काँग्रेस देशै भरि हार्नुको कारण पार्टी सभापति शेरबहादुर देउबा रहेको समेत खुलासा गरे । त्यसैगरि आफू पार्टी सभापति देउबाको विरुद्धमा रहेको र कोइराला परिवारकै पक्षमा रहेको समेत बताए ।
रोशी गाउँपालिका वडा नं. ११, करमडाँडामा जन्मेका लामा लामो समयदेखि नेपाली काँग्रेसमा आवद्ध हुँदै आएका छन् । राजनीतिक छवि जति राम्रो छ त्यतिनै सामाजिक छवि समेत राम्रो छ उनको ।
काँग्रेस भित्रको इमान्दार र प्रभावशाली नेताको रुपमा चिनिएका लामा एकाएक राजनीतिमा पछि पर्दै गएको आभास सबैले गरेकै छ ।
यतिखेर नेपाली काँग्रेस काभ्रे भित्र अधिवेशनलाई लिएर चरम गुटबन्दी र अन्तरविरोध बढेको अवस्था छ । नेतादेखि कार्यकर्ताहरु विभिन्न गुटमा विभाजित छन् भने नेताहरु पनि आफ्नो पक्षमा ल्याउन कुनै पनि कसर बाँकी नराखेर अघि बढेको देखिन्छ ।
नेता लामासँग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।