काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९२, भक्तपुरमा ९५ जना र ललितपुरमा थप ५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक महिला र ६ पुरुषसहित थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९,४४९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,१०४ जना रहेका छन् । आइसोलेसनमा १७,४१४ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप १,८९३ जना डिस्चार्ज भएका छन् ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला