११ भदौ २०७७
काभ्रे । माओवादी जनयुद्ध एक युगान्तकारी आन्दोलनको रुपमा इतिहासमा दर्ज भएको छ । यो आन्दोलनको तयारी, शुरुवात र अन्त्यसम्म सहभागी भएका एक नेता हुन् चलाखसिं दोङ ।
विगत ४५ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेका दोङ तेमाल गाउँपालिका वडा नं. ९, मुक्पा, काभ्रेका हुन् । उनले शुरुमा आफूलाई किसान आन्दोलन छेडे । गाउँका सामन्तीको विरुद्ध विभिन्न अभियानहरु सञ्चालन गरे ।
कम्युनिष्ट नेताहरुको प्रशिक्षण पाएपछि उनी २०३५ सालमा कम्युनिष्ट पार्टीमा लागेका थिए । सामन्तका विरुद्ध पर्म अभियान, खाद्यन्न बैंक स्थापना गर्दै अघि बढेका दोङ काभ्रेली किसानहरुमा स्थापित नेता हुन् ।
पार्टी शान्ति प्रक्रिया हुँदै एमालेसँगको एकतासम्म आइपुग्दा उनलाई केही कुरा ठीक लागे पनि त्यति राम्रो चाहिं लागेको छैन ।
यो अन्तरवार्तामा उहाँको विचारहरु समेट्ने कोशिस गरेका छौं ।
भिडियो हेर्नुहोस्ः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।