काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ करोड ३७ लाख ७६ हजार ५८७ पुगेको छ । संक्रमितमध्ये १ करोड ४ लाख ३२ हजार ४२० जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ७९ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २१ लाख ७९ हजार ६५२ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार ५१५ पुगेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ५८ लाख ३३ हजार ८ सय भन्दा बढी निको भएका छन् । यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजार ४५ जना रहेको छ ।
छिमेकी मुलुक भारतमा हालसम्म ७९ लाख ४५ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाख १९ हजार पाँच सय ३५ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ७१ लाख ९८ हजारभन्दा बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५४ लाख ११ हजार ५ सय नाघेको छ भने १ लाख ५७ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४८ लाख ६५ हजार ९ सय भन्दा बढी निको भएका छन् ।