नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा १८७ महिला र २९७ जना पुरुष गरी ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार७५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।

क्वारेन्टाइनमा ५३६ जना रहेका छन् भने आइसोलेसनमा १३ हजार ५८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला