साहित्यकार ईश्वर थोकारद्वारा लिखित ‘लिला’ कविता संग्रह बजारमा आएको छ । आफ्नी जीवन साथी लिलाप्रति समर्पित उक्त कविता संग्रह हालै मात्र बजारमा आएको हो ।
शृङ्खला कवितासङ्ग्रहको रुपमा प्रकाशित उक्त पुस्तकको प्रकाशनक स्वीकृति थोकर रहेकी छिन् ।
१६ पृष्टको उक्त कविता संग्रहमा १४ वटा कविताहरु सङ्ग्रहित छन् । यस सङ्ग्रहको भूमिका थोकरकी जीवनसाथी लीला पुन मगरले लेखेकी छिन् ।
छोटो तर गर्विलो र खाँदिलो तरिकाले भूमिका लेखिकी लीलाले यत्ति मात्रै छिन्, ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थेँ । उनको नजिक पर्न चाहन्थेँ । उनलाई तुरुन्तै जीवनसाथी बनाउन चाहन्थेँ । उनीसँगै जिउन चाहन्थेँ, उनीसँगै मर्न चाहन्थेँ । यसरी परिकल्पना गरेको दश वर्षपछि उनलाई मैले जीवनसाथीको रुपमा पाएको छु । थ्याङ्स गड !’
यसअघिका थोकरको प्रकाशित कृतिहरु पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६) रहेका छन् ।
उनले तामाङ ग्योइकाइ पुरस्कार (२०७१) समेत पाएका छन् । विगत लामो समय देखि साहित्यमा लागेको थोकर काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९ निवासी हुन् । तामाङ भाषा सहित्यमा उनी अब्बल मान्छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।