काभ्रे रोशी । खार्पाचोक युवा क्लबको विशेष आयोजनामा
रोशीगाउँपालिका -८, खार्पाचोकमा तामाङ चिकित्सक समाज र नेपाल तामाङ घेदुङद्वारा नि: शुल्क कोरोना परिक्षण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ।
आषाढ २ बुधबार स्वास्थ्य परिक्षण र स्वास्थ्य सामाग्री इन्द्रोदय बिद्यालय र देवा च्यन थर्पेलिङ गुम्बा किर्दासमा एन्टीजेन किट प्रविधिबाट कोरोना परिक्षण गरिएको हो।
यो महामारीको बेला तामाङ चिकित्सक समाज देशका विभिन्न जिल्लामा पुगेर सेवा गर्दै अाइरहेका छन् ।
करिव सय जनाको परिक्षण गरिएकोमा ३ जनामा पोजेटिभ देखिएको थियो । खार्पाचोक युवा क्लवको आयोजनामा भएको उक्त कार्यक्रममा कोरोना परिक्षणका साथ साथै डाक्टरहरुले तामाङ भाषामा कोरोना सम्बन्धि परामर्श दिइएको थियो । आफ्नै भाषामा कोरोना सम्वन्धी चिकित्सक टोलीले नै परामर्श दिँदा गाउँबासी अत्यन्त खुसी भएका थिए । भाषा समस्या भएका कारण धेरै कुरा थाहा नभएका गाउँलेलाई मातृ भाषामा नै परामर्श दिँदा अत्यन्तै प्रभावकारी भएको युवा क्लवका अध्यक्ष लाल बहादुर घिसिङले बताउनुभयो ।
त्यसै गरि खार्पाचोक युवा क्लवको आयोजनामा तामाङ चिकित्सक समाजलाई सम्मान गरेको छ । चिकित्सक समाजका विभिन्न चिकित्सकहरुलाई क्लवले मायाको चिनो र सम्मान पत्रद्दारा सम्मान गरेको अध्यक्ष लाल बहादुर घिसिङले जानकारी दिनुभयो । सम्मानित हुने डाक्टरहरु डा. दिल बहादुर थोकर डा. निराजन तामाङ्ग डा. दिपेन लामा डा. संजित लामा डा. बिना लामा डा. मनिता लामा डा. प्रियंका ढकाल संजिता राउत रहनुभएको छ । सम्मान कार्यक्रममा प्रमुख अतिथि तामाङ चिकित्सक समाजका अध्यक्ष श्री दिल बहादुर थोकरले कोरोना परिक्षण गर्न आएका डक्टर टोलीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि खार्पाचोक वडाका जनपतिनिधि वडा सदस्य श्री बिजय थोकर, हर्क घिसिङ अतिथिहरुमा क्लबका सल्लाहकार एबम कन्तिपुर सबिङ एन्ड क्रेडिट प्रली न्युरोड शाखाका प्रबन्धक श्री मुक्त लामा, समाजसेवि जित बहादुर तामाङ लगाएत चिकित्सक टोलीको उपस्थिती रहेको थियो ।
खार्पाचोक युवा क्लबले विभिन्न क्षेत्रमा समाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको क्लबको अध्यक्ष अध्यक्ष लाल बहादुर घिसिङले तेमाल अनलाइनलाई जानकारी दिएका छन् ।
























