काभ्रे जिल्लाको चौंरीदेउरालीका आगजानी र रहजनी चोरी मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएस्पी हरि खतिवडाका अनुसार अदालतको फैसला कार्यन्वयनको क्रममा उनीहरु पक्राउ परेका हुन् ।
फैसला कार्यन्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतहरुमा उल्लेखित फरार रहेका प्रतिवादीहरुको खोजतलासको क्रममा ईलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट प्रहरी निरीक्षक अनिष बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डिएस्पी खतिवडाले जानकारी दिए ।
उनीहरु मध्य एकजना ७ वर्षपछि र अर्को ३ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा चौंरीदेउराली गाउँपालिका वडा नं. ९ बस्ने वर्ष २६ को हरिशरण चौलागाई र सोही गाउँपालिका वडा नं. ७ बस्ने मिलन भन्ने मिक्मार लामा रहेका छन् । शनिबार पक्राउ परेका चौंलागाईं आगजानी मुद्दामा ६ महिना कैद सजायको फैसला भएको थियो । त्यसैगरी शनिबार नै पक्राउ परेका लामालाई रहजनी चोरी मुद्दामा ४ वर्ष २९ महिना कैद सजयाको फैला गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कैद फर्छौटको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको प्रहरीले जनाएको छ ।
Comments