काभ्रे जिल्लालाई कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता गरेको छ । मंगलबार १३ वटै स्थानीय तहका प्रतिनिधिहरु सम्मिलित एक अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता गरेका हुन् ।

‘बिज रोग नियन्त्रण स्थानिय तहसंग सहकार्य र भाविदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाका १३ वटै स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागी गरेको थियो । जनप्रतिनिधिहरुले वि.सं. २०८७ सम्म काभ्रेलाई रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका समेत गरेका छन् ।

रेबिज रोग नियन्त्रणका लागि आवश्यक पर्ने साधन स्रोत, खोप, जनशक्ति, तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुरको दर्ता, बन्ध्याकरण र फोहरमैला व्यवस्थापन लगायतका कार्यबाट सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्ने, रेबिज रोग नियन्त्रणका लागि तीन तहका सरकार विच एकापसमा हातेमालो गर्दै सहयोग आदानप्रदान गर्ने र सोहि क्रममा खोप तथा क्षमता अभिबृद्धिका कार्य संघीय सरकारबाट व्यवस्थापन गर्ने र रेबिज रोगबारे जनचेतनामूलक कार्य प्रभावकारी रुपमा संचालन गर्न संचार क्षेत्रको अधिकतम् उपयोग गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

सो प्रतिबद्धता पत्रमा पशु सेवा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालागायतले हस्ताक्षर गरेका छन् ।

काभ्रेमा मात्र कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट एक वर्षमा ५ जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । चौरीदेउराली गाउँपालिकामा ३ जना र धुलिखेलमा २ जनाको रेबिज रोगबाट मृत्यु भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।