वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले मिलिनिय च्यालेन्ज कर्पोरेशन (एमसिसि) संझौता राष्ट्रघात नै भएको ठोकुवा गरेका छन् । शुक्रबार काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ६, कातिकेदेउरालीमा रहेको श्री प्रभा माविको नवनिर्मित भवन उद्घाटन, अभिभावक भेला तथा चौथो साधारणसभाको उद्घाटन गर्दै ढकालले उक्त कुरा बताएका हुन् ।

एमसिसि संझौता नगर्न आफ्नै पार्टीलाई समेत मन्त्री ढकालले खबरदारी गरे । ‘एमसिसी नेपालको कानून भन्दा माथी राखेर सम्झौता गर्छ भने त्यो राष्टघात हो । यहाँका केही राजनीतिक दलका नेताहरु सांसदबाट पास गर्न कम्मर कसेर लागेको छ ।’ उनले भने, ‘मेरै पार्टीलाई पनि म खबरदारी गर्न चाहन्छु । यसको विषयमा केहीँ कतै संझौता नगरियोस् ।’

सोही प्रसंगमा ढकालले एमसिसिलाई नेपालको संविधान भन्दा माथि किन बनाइदैछ ? भन्दै प्रश्न गरेका थिए । ‘संसदबाट पारित गरेपपछि कानून सरह हुन्छ । त्यसैले संसदमा लाने काम नै गलत छ ।’ उनले भने, ‘राष्ट्रघात गरेर एकछिन पनि म मन्त्री पदमा बस्न चाहन्न । राष्ट्रियता माथि नै मजक गरिरहेका छन् । एमसिसि यथास्थितिमा पारित गर्न मिल्दैन ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रभा मावि कोशिपारी क्षेत्रकै अग्रणी विद्यालयको रुपमा हेरेको बताउँदै आफूहरुले हेर्ने मात्र होइन बिकास पनि गरेको दावी गरे । उनले कोशीपारीको शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोशीपारीलाई शैक्षिक हब बनाउन लाग्ने प्रतिबद्धता जाहेर गरे ।

उनले अहिलेको शासकिय स्वरुप ठीक नभएको बताए । ‘अअिहलेको शासकीय स्वरुप ठिक छैन ।’ उनले भने, ‘मन्त्रीको हौसियतले भन्दै छु, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आबश्यक छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।