भक्तपुर ।तामाङ नयाँ र्याप गीत मरिन २ र्याप गीतमा समाजसेवी तथा नायक टुल्साङ मोक्तान र रश्मिला तामाङले निकै रोमान्टिक अभिनय गरेका छन् ।
तामाङ र्याप दुनियाँमा एकपक्ष अर्को हुदै निकै प्रतिस्पर्धात्मक रुपमा तामाङ र्याप गीतहरु बजारमा आइरहेका छन् । भने यस र्याप गीतले र्याप क्षेत्रमा एक ढंगले नयाँ उचाइमा पुर्याउन सक्ने दृश्यहरु दर्शक स्रोतहरुले देख्न सकिनेछ ।
विजय गोले तामाङको मारिन-२ मा विगत लामो समय देखि तामाङ चलचित्र र म्युजिक भिडियोमा मुख्य भुमिका निर्वाह गर्दै अाएको नायकले यसपालि भने तामाङ र्याप गीतमा मुख्य भुमिका निर्वाह गरेको छ।भने थुप्रै कलाकारहरु यस गीतमा साथ दिएका छन् ।
डि.एण्ड.डी र विजय गोले तामाङले तयार गरेको गीतमा कार्साङ लामाले संगीत भरेका छन् भने गायक कार्साङ लामा र गायिका सुमिना लो को आवाज रहेको छ।
गीतको एरेञ्ज र मिक्सिङ गायक आफैेले गरेको छ। भने भिडियो निर्देशन चर्चित निर्देशन तथा कोरियाग्राफी अजय स्याङतानले गरेका थिए।भिडियोको सह- कोरियाग्राफीमा नरेन्द्र मोक्तानले साथ दिएका छन् । भने भिडियोलाई विक्रम मोक्तानले छायांकन गरेको हो। यस गीत म्हारमेन मिडियाको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस्।