निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसले नमोबुद्ध–काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न भेलाले आकाश लामालाई सभापतिमा सर्वसम्मत चयन गरेको छ ।

भेलाले उपसभापतिमा सिद्धिबहादुर दाहाल र हिमाल सिं तामाङ, सचिवमा रत्न लामा र नवेश तामाङ, सहसचिवमा प्रेमबहादुर लामा र विनोद न्यौपाने चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा शंकर रायमाझी, केदार प्रसाद पौडेल, विकास तिवारी, समुन्द्र नेपाल, हेमराज लामा, विष्णुबहादुर तामाङ, विकास तामाङ, गोविन्दबहादुर भुजेल, अजय लामाङ, तेजबहादुर तामाङ, कुमार लामा र बासुराम तामाङ चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तिर्थ लामाले कांग्रेस द्रुत गतिमा रहेको र नेपाली कांग्रेसको सबै वडा, टोलमा पुग्ने अभियानमा लागेको बताए । पार्टी क्रियाशिलतामा निरन्तरताका कारण पार्टीमा भुमिका दिईने जनाउँदै नयाँ बनेको समितिले आगामी निर्वाचनमा उल्लेख्य भूमिका खेली नमोबुद्धका मतदाताहरुलाई काठमाडौबाट मतदान स्थलसम्म पुर्याउन भुमिका खेल्न अनुरोध गरे ।

कार्यक्रममा संविधान सभा सदस्य हर्षजित लामा, नेपाली काँग्रेसका जिल्ला उपसभापति ठाकुर न्यौपाने र रमेश हुमागाई, प्रतिनिधि सभा सभापति दिनेश लामा, प्रदेश सभापति चन्द्र लामा र राम लामा नमोबुद्ध नगरका मेयर कुन्साङ लामा, जिल्ला सदस्य सन्तमान लामा र भोला भट्टराई, नेताहरु मधुकर खनाल, निगम हुमागाई, नगर सचिव रामेश्वर अधिकारी र महेन्द्र थिङ, नेपाल महिला सघ नमोबुद्ध नगर समिति सभापति शान्ता पाठक नराल लगायतले काँग्रेसको भुमिकाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस नमोबुद्ध नगर सभापति इन्द्र दाहालले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।