काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामाले वडादेखि गाउँपालिका कार्यालय जोड्ने सडक पाँच वर्षभित्रमा पिच भइसक्ने बताएका छन् । शनिबार वडा नं. ३ मा निर्माण सम्पन्न भएको गुरु रेम्बोर्छेको मुर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले पर्यटन विकासको लागि गुरु रेम्बोर्छेको मूर्ति निर्माण हुँदा महत्वपूर्ण काम भएको बताए । तेमालेमा धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर मात्रामा सम्भावना भएकोले यसकाले गाउँपालिकाले गुरुयोजना तयार गर्ने समेत जानकारी दिँदै निर्वाचनको क्रममा जनतासँग गरेको बाचा कहिल्यै नभुल्ने बताए ।

‘अब वडादेखि गाउँपालिका जोड्ने सडक पाँच वर्ष भित्रमा पिच गर्ने योजनामा छौं । यो वर्षबाटै शुरुवात गरेका छौं, यो वर्ष हामीले प्रत्येक वडामा ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेका छौं ।’ लामाले भने, ‘तेमालमा धार्मिक तथा साँस्कृतिक पर्यटन विकासको लागि प्रचुर सम्भावना रहेको छ । त्यसकाले लागि गूरुयोजना नै तयार गर्ने योजनामा हामी छौं ।’

कार्यक्रमको प्रमुख अतिथि औतारी लामा ल्हुसाल नाम्गेलले गूरु रेम्बोछेको मूर्ति अनावरण गरेका थिए ।

सो मूर्ति आर्थिक वर्ष २०७८।०७९ मा तेमाल गाउँपालिकाबाट विनियोजन गरेको बजेट, विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएको थियो ।

कार्यक्रमा वडा अध्यक्ष विष्णुबहादुर तामाङ, इन्जिनियर राम प्रसाद पौडेल, शिक्षा सहायक भिमलाल तामाङ, समाजसेवी कामी सिं तामाङ लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।