काभ्रे उद्योग बाणिज्य संघको आयोजनामा ‘काभ्रे महोत्सव–२०७९’ हुनेभएको छ । आज संघको सभा हलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्र पसछे आगामी असोज ३ गते देखि १५ गतेसम्म काभ्रे महोत्सव–२०७९ हुने जानकारी दिएका हुन् ।
‘व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने मूल नाराका साथ नेपालीहरुको महान पर्व दशैको पावन अवसरमा काभ्रेको परम्परागत कला, सँस्कति औद्योगीक व्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धन निमित्त काभ्रे महोत्सव–२०७९ हुन लागेको अध्यक्ष पसछेले जानकारी दिए ।
महोत्सव बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सवको लागि आवश्यक प्रक्रिया पुरा गरि सकिएको र अब तत्कालै महोत्सव स्थलमा स्टल निर्माण लगायत अन्य कायको तयारीमा जुटि सकेका उनले जानकारी दिए ।
११५ स्टल, के–के पाइनेछ ?
पत्रकार सम्मेलनमा अध्यक्ष पसछेले महोत्सवमा १ सय १५ वटा स्टलको व्यवस्था रहेको बताए । कोभिड–१९ ले थलिएको अर्थतन्त्र उकास्नका लागि स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्ला भरि छरिएर रहेका उद्योग वाणिज्य संघमा दर्ता भएका व्यवसायहरुलाई स्टल उपलब्ध गराँउदा १५ प्रतिशत छुटको व्यवस्था रहेको बताए ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको स्टलहरु हुनेछन् । त्यसैगरी महोत्सवमा विक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था हुने छ ।
मनोरञ्जनका लागी महोत्सवमा वाल उद्यान, रोटे पिङ, ड्रागन,नाउ,मिनि बञ्जी जम्प, वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहनेछ ।
बृद्ध–बृद्धालाई निःशुल्क प्रवेश
महोत्सवमा उपत्यका र काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् । महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुलाई रु ५० र अन्य सर्वसाधारणलाई रु १०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ भने वद्ध वद्धाहरुको लागी निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यस्तो छ महोत्सवमा स्टलका प्रकारहरु
कृषि सामाग्री प्रदर्शनी, घरेलु उद्योग उत्पादन,स्वास्थ्य शिविर, मिडिया डेस्क,जुत्ता चप्पल घडि, चश्मा, पर्श, बेल्ट, जलप ज्वेलरी, रेडिमेट गार्मेन्ट, कुटिरा, अचार, पाउभण्डार, फेन्सी, सिरक, ब्ल्याकेट, ईलेक्ट्रोनीक, अटो मोबाईल, होटल तथा रेष्टुरेन्ट, बैक तथा वित्तिय सहकारी ईत्यादिका स्टलहरु रहने छन् ।
यस्तो छ स्टल शुल्कहरु
साधारण स्टलहरु रु १७,५००।, अटोमोवाईल रु ३०,०००।, होटल रेष्टुरेण्टको हकमा रु. ३५०००।, बैक वित्तीय सहकारी संस्था रु १५,०००।
को–को आउने छ कलाकारहरु
सास्कृतिक कार्यक्रमका लागि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नृत्य, गायन, दोहोरी र हास्यव्यङ्गको बेजोड प्रस्तुति रहने जानकारी दिएको छ । आयोजकका अनुसार प्रमोद खरेल, ज्योति मगर रोज मोक्तान, बद्रि पंगेनी पशुपति शर्मा, कर्मा राज गिरी, रचना रिमाल, सहिमा श्रेष्ठ, विशाल कल्पान, संजीव वाईवा, शिव परियार, हरि कर्माचार्य, सरु गौतम, प्रकाश सपुत, एलिना चौहान, चन्द्र सिंघ घले, रविन्सन श्रेष्ठ, प्रताप हुमागाई, कोशीस ठोकर, वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, राजेन्द्र गिरी, शिवहरी नेपाल, विश्वको होचो कलाकार मनोज गोरखाली, जादुगर महादेव त्रिपाठी, बाल कलाकार आयुशा गौतम लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















