अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ बागमती प्रदेश समितिको तेस्रो प्रदेश सम्मेलन प्रदेश अध्यक्ष मिलन मल्ल को अध्यक्षतामा र नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको सह-सचीव तथा अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय उपमहा-सचीव प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।

काठमाडौंको बबहर महलमा सम्पन्न उक्त सम्मेलनबाट रामकुमार खड्काको अध्यक्षतामा ४१ सदस्यीय बागमती प्रदेश समिति गठन भएको छ ।

समितिकाे उपाध्यक्षमा रमिता श्रेष्ठ र कृष्ण प्रसाद नेपाल, सचिवमा सागर थापा, सह-सचिवमा प्रयास तामाङ र रामहरी भण्डारी, कोषध्यक्षमा आकाश तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा शोभाकान्त रेग्मी, बिनोद खनाल, पेमा लामा, मित्रराज पान्डे, रमेश नेपाल, राम प्रसाद दाहाल, मिना खड्का, बुद्द लामा, राजन रिमाल, संजय तामाङ, अर्जुन खड्का, अमित तामाङ, नवराज तामाङ, शिवराम अधिकारी, केदार बुढाथोकी, शिव प्रसाद रिजाल, सुजन तामाङ, हरि प्रसाद पान्डे, जयराम सिम्खडा, रन्जित थापा, पुजन महर्जन, सरोज कोइराला, गोपाल कोइराला, अनिता रेग्मी, शोभराज पोखरेल, हेमन्त भट्टराई, अनिल भण्डारी, प्रबिण देवान, तेज थापा, केशब गजुरेल, राहुल कोइराला, सरस्वती नेपाल, सुनिता थापा र नवराज खतिवडा रहेका छन् ।

Write to Ram Gopal Bhujel

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।