अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका काभ्रेका चोरी र करणी मुद्दाका २ फरार प्रतिवादीरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नं. ५ चौकोट निवासी वर्ष २७ को रामेश्वर श्रेष्ठ रहेका छन् । उनलाई २ वर्ष अघि डाँका तथा चोरी सम्बन्धी कसूर मुद्दामा काभ्रे जिल्ला अदालतले ९ महिना कैद र ३० हजार जरिवाना फैसला गरेको थियो ।

त्यसैगरी अर्का पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नं. १२का ३१ वर्षिय साइला भन्ने शान्ता बहादुर लामा तामाङ रहेका छन् । उनलाई ४ वर्ष अघि जिल्ला अदालत काभ्रेले जबरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ५ महिना ७ कैद सजायँको फैसला गरेको थियो ।

प्रहरीका अनुसार उनीहरु दुवैजनालाई कैद सजायँ कार्यान्वयनका लागि काभ्रे जिल्ला अदालतमा पेश गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।