काभ्रेमा तास खेलिरहेका एका समुह पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार जिल्लाको पनौती नगरपालिका वडा नं. ३, पुछारे स्थित सुरेन्द्र लामाको घरमा तास खेलिरहेकाहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पनौती नगरपालिका वडा नं. ३ बस्ने बर्ष ४५ को सुरेन्द्र लामा, बस्ने बर्ष २६ को सन्जिव तामाङ, बर्ष २५ को रुप बहादुर तामाङ, बर्ष २१ को सुरेश भन्ने देव तामाङ, बर्ष ४० को सुरज भन्ने सुरथ लामा, बर्ष ३९ को प्रदिप लामा रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी विहिबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।