काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७, बडारेबाट नक्कली नेपाली रुपैयाँ सहित एकजना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. ८, कमानेका वर्ष ३०को नारायण पाख्रिन रहेका छन् ।
पाख्रिनले नम्कली नेपाली रुपैयाँको नोटहरु बोकी हिडी रहेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीसँग नक्कली नेपाली रुपैयाँ १००० दरको ९ थान र सक्कली नेपाली रुपैयाँ १००० दरको १ थान बरामत गरिएको थियो ।
उनलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद–२२ मुद्रा सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन ०७ दिनको म्याद थप अनुमती लिई न्यायिक प्रहरी हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।