नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको अध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न तेस्रो महाधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
श्रेष्ठ सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८, ईर्खु निवासी हुन् ।
महाधिवेशनले ७ सदस्य पछि थप्ने गरि २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रमोद भट्टराई, उपाध्यक्षमा वेग बहादुर पुलामी, जितेन्द्र यादव र राधिका ओझा, महासचिवमा गणेश बहादुर महरा, सचिवमा कृष्ण कुमार श्रेष्ठ, धर्मेन्द्र कुमार रावल र कोषाध्यक्षमा प्रकाश न्यौपाने लाई सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा ढाल बहादुर खत्री, प्रेमलाल श्रेष्ठ, रघु चौधरी, कृष्ण प्रसाद श्रेष्ठ र खड्ग गन्धर्व निर्वाचित भएका छन् ।
समितिकोसल्लाहकारमा प्रेम प्रसाद भट्टराई, तिलकजंग बुढाथोकी, अच्युतम कुमार पोखरेल, किरण अर्याल, सरिता बराइली र रामकुमारी श्रेष्ठ रुबीलाई चयन गरेको छ ।
महाधिवेशन उद्घाटन सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थिति रहेको थियो भने बन्दसत्रमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्ष मणिरत्न श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जय बहादुर शाही, वरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकीको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















