काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले मदिराजन्य पदार्थ साँझ ७ बजे अघि बेचविखन गरे कार्वाही गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवन्द्र सुवेदीले एक सूचना जारी गर्दै साँझ ७ बजे अघि बेचविखनमा रोक लगाएको हो ।

सूचनामा अनुसार भदौ २३ गतेको गाउँपालिकाको निर्णय अनुसार यो नियम २४ गतेदेखि लागुहुने छ । ‘भदौ २३ गते गाउँपालिकाको निर्णय अनुसार भुम्लु गाउँपालिका क्षेत्र भरी भदौ २४ गतेदेखि लागू हुने गरी साँझ ७ बजे अघि मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाइएको व्यहोरा गराइन्छ ।’ सूचनामा भनिएको छ, ‘उल्लेखित समयभन्दा अघि मदिराजन्य पदार्थ बेचबिखन नगर्न/नगराउन सम्बन्धित पक्षलाई जानकारी गराइन्छ ।’

साथै सूचनामा भनिएको छ, ‘साथै मदिराजन्य पदार्थ खाई होहल्ला गर्ने, जुवातास खेल्ने, अनावश्यक होहल्ला गरी समाजमा खलल पुयाउनेलाई कानुन बमोजिम कारवाही हुने जानकारी गराइन्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।