सत्तागठबन्धनभित्र सिट बाँडफाँडको रस्साकस्सी चलिरहेका वेला विपक्षी दलहरूबीच पनि लेनदेनका संवाद जारी छन् । लोसपा र राप्रपासँग तालमेल गर्ने गृहकार्यमा एमाले छ । त्यसका लागि दुवै दल तयार रहे पनि एमालेसँग २०–२० सिटमा प्रारम्भिक दाबी गरेका छन् ।
गत बिहीबार साँझ लोसपाका शीर्ष नेताको बैठकमा अध्यक्ष महन्थ ठाकुरले एमालेसँग तालमेलका लागि संवाद भइरहेको ‘ब्रिफिङ’ गरेका थिए । त्यही रात ठाकुर र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भेटघाट भएको लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले पुष्टि गरे ।
स्रोतका अनुसार भेटमा ठाकुरले तालमेल गर्दा लोसपाले करिब २० सिट पाउनुपर्ने दाबी गरेका छन् । ‘१० सिट त हामीले ०७४ को निर्वाचनमा जितेकै भइहाल्यो । त्यसबाहेक कम मतले हारेका केही ठाउँ छन् । त्योसँगै मधेसबाहेकका क्षेत्रमा पनि यसपटक हामी लड्ने तयारीमा छौँ । त्यहीअनुसार अध्यक्षले कुरा राख्नुभएको छ,’ लोसपाका एक नेताले भने ।
याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















