काभ्रे जिल्ला नमोबुद्ध नगरपालिकाका उप–प्रमुख रात्न लामाले अब नमोबुद्ध नगरपालिकाले वार्षिक रुपमा आफूले गरेको काम सार्वजनिक गर्ने बताएका छन् ।
नगरपालिकाले आयोजना गरेको ‘जनताको सेवामा १०० दिन’ सार्वजनिक गर्न पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उप–प्रमुख लामाले यस्तो बताएका हुन् ।
आफूहरुले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारको बिषयमा छलफल गरिरहेकोब बताउँदै आगामी दिनहरुमा नगरलाई कसरी अघि बढाउन सकिन्छ आफूहरु गम्भिर रहेको बताए ।
‘१०० दिनको काम हामीले सार्वजनिक गरेका छौं । राजनीतिक दल बुद्धिजीवी सबैको सल्लाह सुझाव लिने छौ ।’ लामाले भने, ‘अब वार्षिक रुपमा नमोबुद्ध नगरले गरेको काम सार्वजनिक गर्नेछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















