काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ स्थित जर्देउमा स्थानीयको घर भत्केपछि गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम) घट्नास्थलमा पुगेको छ । घर भत्केको खबर पाउनसाथ उपाध्यक्ष थोकर घट्नास्थलमा पुगेका थिए ।
घट्नास्थलमा उपाध्यक्ष थोकरको साथमा वडा अध्यक्ष इन्द्रलाल तामाङ पनि पुगेका थिए ।
सोमबार दिउँसो १ बजेतिर सो वडाको जर्देउ निवासी सानू माधव मैनालीको घर भत्केको थियो । घर भत्केर मानवीय क्षति नएपनि एक गाई र एक बाख्रा पुरेर मृत्यु भएको थियो । केही अन्नबाली पनि पुरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।
घट्नास्थलमा पुगेका गाउँपालिका उपाध्यक्ष थोकरले पिडितसँगको कुराकानीमा आवश्यक राहतको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ‘आवश्यक निवेदन सहित गाउँपालिका कार्यालय आउनुहोस् ।’ थोकरले पिडितसँग भने, ‘गाउँपालिकाले गर्नसक्ने सहयोग गर्नेछ ।’
उपाध्यक्ष थोकरको खबर पछि नारायणस्थान प्रहरीचौकीले पिडितको उद्धार कार्य गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















