इलाका प्रहरी कार्यालय, बनेपाले चोरी भएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
धुलिखेल नगरपालिका वडा नं. ५ खड्पु बस्ने पासाङ तामाङको बागमती प्रदेश ०२ ०२९ प ४७४३ नम्बरको २२० सीसिको पल्सर मोटरसाईकल बनेपा नगरपालिका वडा नं. ७ बाट हराएको थियो ।
गत भदौ ६ गते राती आन्दाजी रातको ८ः३० बजेको समयमा हराएका मोटरसाइकल प्रहरीको सक्रियताले गत भदौ १४ गते धुलिखेल नगरपालिका वडा नं. २ बाट फेला पारेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















